जाजरकोटको एक बिधालयमा आफु निकटको प्र.अ नभएको भन्दै ससुरा ज्वाइले गरे ताला बन्दी ,भन्छ्न बिद्यार्थीले गरे।

जाजरकोट ।
जाजरकोटको नलगाड नगरपालिका ३को कैना स्थित सुर्योदय मा बि मा स्थानीय केही ब्यक्तिहरुले ताला बन्दी गरेका छन।करिब ६महिना अघि प्र अ रिक्त भएको र प्रधानाध्यापक नियुक्ति गर्ने बिषयमा स्थानिय केही ब्यक्तिहरुले बिबादित बनाएका छन।केही समय अघि देखि प्र.अ नभएकाले निमित्त प्र अ ले प्रशासनिक काम चलाइरहेका र बि ब्य सको बैठक बाट नै प्र अ नियुक्ति गर्ने भए पनि बि ब्य सका केही सदस्य र स्थानिय केही ब्यक्तिहरुबाट बारम्बार बैठक अबरोध र बिबाद ल्याउदै आएका छन। अहिले बिधालयका नि प्र अ मोहनलाल पुनले प्रशासनिक काम चलाइरहेका छन।

बि ब्य सको बैठक र अभिभावक भेलाबाट प्र अ नियुक्तिको लागि अस्थायी शिक्षक अथबा नयालाइ राख्नु भन्दा पनि नि प्र अलाइ नै प्र अ राख्नु पर्ने निर्णय गर्न खोज्दा पनि बि ब्य स का केही सदस्य र केही स्थानियबाट आफ्ना निकटका मान्छे राख्न भन्दै बिबादित बनाउदै आएका छन।अहिले बिधालयमा नि प्र अलाइ नै प्र अ बनाउनु पर्छ भन्ने टोलि एकातिर छ भने अर्को आफ्ना निकटका मान्छेलाइ बनाउनु पर्छ भन्ने टोलि एकातिर छ।साथै अहिले नि प्र अ रहेका मोहनलाल पुनलाइ प्र अ हुन नदिन आर्थिक हिनामिनाको समेत आरोप लगाइ जि शि का मुद्दा दर्ता गरेका छन।साथै बि ब्य स कै सदस्य औसि घर्ती सहित अन्य केही ब्यक्तिहरुले केही दिन अघि मात्र बिद्यार्थी हरुलाइ भ्रममा पारेर आर्थिक हिनामिना गर्ने शिक्षकलाइ प्र अ बनाउनु हुदैन भन्ने माइनेट बनाएर हस्ताक्षर बनाइ जि शि का पुगेर बिधालयको नेपाल बैंक लिमिटेड को खाता समेत अबरोध गरेका छन।

त्यस्तै अहिले निर्माणाधीन बिधालयको भवन आफुहरुले भनेको स्थानमा नभएको भन्ने पनि बिबाद ल्याएका छन।बिधालय एउटा सामाजिक सस्था हो तर यहाँ भने दुई वटा धार बनेका छन ।राजनीतिक हिसाबले आ आफ्नै निकट प्र अ नियुक्त गर्नु पर्ने अडान ,आर्थिक हिनामिनाको आरोप र भवन निर्माण बारे बारम्बार बिबादित बनाउदै आएका ति स्थानियहरु कै कारण अहिले बालबालिकाको अध्ययनमा बाधा पुगेको छ।

गत आइतबार बिद्यार्थीले नै बिधालयमा तालाबन्दी गरेको भन्ने खबर बाहिर आएको थियो।तर त्यहा भने त्यही बिबादित टोलिले ताला बन्दी गरेको छ।एउटा नौलो कुरा त के छ भने अर्को प्राथमिक बिधालयका प्र अ तालाबन्दी लगाउनको लागि बिधालयमा शिक्षण छोडेर ताला लगाउन पुगेको नया तथ्य छ।नलगाड नगरपालिका वडा न ३कै नेपाल रास्टिय प्रा बि चावलेचौरका प्र अ गोरख बहादुर पुन बालबालिकालाई पढाउन छोडेर बिधालय ताला लगाउन पुगेका थिए।उनी बिगतमा पनि विभिन्न राजनीतिक कार्यक्रम र समाजमा बिकास अवरोध सामेल हुने गरेका छन।

चुनाबमा पाटिको झण्डा बोकेर हिडने प्र अ पुन अझै समाजमा अबरोधका कार्यमा लाग्ने गरेका छन।पुन भर्खरै सम्पन्न चुनाबमा गाउँ गाउँ मा पाटिको झण्डा बोकेर हिडेका थिए।पाटिगत हिसाबले पुन काङ्ग्रेस निकट भए पनि उनी बिधालयका प्र अ हुन।तर उनी बिधालय छोडेर अबरोध सम्म पुगेका हुन्छ्न।गत आइतबार बिधालय ताला बन्दी गर्नेमा नेपाल रास्टिय प्रा बि का प्र अ गोरख बहादुर पुन,साङ्टा भेरी खोला जलबिधुत आयोजनाका मेनेजर हरिचन्द्र रावल,बि ब्य स सदस्य औसि घर्ती ,मिस्री बहादुर पुनले गरेको स्थानीयहरुले जानकारी दिएका छन ।




सम्बन्धित समाचार


error: Content is protected !!