किन घट्दै छ विस्वास , सरकारी स्वास्थ्य संस्थाको ?

किन घट्दै छ विस्वास , सरकारी स्वास्थ्य संस्थाको ?
जाजरकोट, १६ माघ (रासस)ः नलगाड नगरपालिका वडा ८ का हरिवहादुर विक टाउँको दुख्न साथ राडी स्थित स्वास्थ्य संस्थामा नगई नीजि मेडिकलमा जानुभयो । नीजि मेडिकलवाट एकै छिनमा उपचार गरि विक घर फर्के । टाउको दुखेको औषधिलाई उहाँले मेडिकलवाट १ हजार २ सय ३२ रुपैयाको खरिद गरि ल्याउनुभयो ।
मेडिकल सञ्चालक कुनै मान्यता प्राप्त स्वास्थ्यकर्मी होईन्न । औषधि विक्री गर्ने मात्र अधिकार मात्र पाएका मेडिकल पसलेले हरीवहादुर विकलाई जाँच गरि हजार रुपैया भन्दा वढीको औषधी थमाएपछि छिटो सन्चो हुँने आशले औषधी खरिद गरि लिएका हुँन् । उहाँ जस्तै सोही वडाकै जैमती खत्रीले पेट दुखेको औषधि गरिदिन अर्को मेडिकलमा पुग्नुभयो । उनको पनि त्यस्तै गरि मेडिकल पसलले अनुमानको भरमा पेट छामेर १३ सयको औषधी हातमा थमाईदिए । उहाँले केही नवोलि औषधिको रकम तिरेर घर गईन् । यस्तै दैनिक यहाँका मेडिकलमा दर्जनौ विरामीहरु यसरी आएर उपचार गरि जाँने गरेका छन् ।
मेडिकलवाट कडा डोजको औषधी विरामीले लिएर सेवन गर्दा आज भोली खत्री र विकलाई सरकारी स्वास्थ्य संस्थाको औषधिले काम गदैन् । विरामी हुँन वितिकै नीजि मेडीकलमा मात्र गएर औषधि सेवन गदै आएकी छिन् । सरकारी स्वास्थ्य संस्था भन्दा दैनिक नीजि मेडिकलमा विरामीको भिड लाग्ने गर्दछ । सरकारी स्वास्थ्य संस्था भन्दा आज भोली दैनिक नीजि मेडिकलमा मात्र विरामीको भिड लाग्ने गर्दछ । सरकारीमा जाँदा औषधी नै नहुँने र दिएको औषधीले पनि राम्रो संग काम नगर्ने भएकाले आफुले जाँन छाडेको वारेकोट गाउँपालिका वडा ५ का शेरवहादुर वस्नेतले वताए । पैसा खर्च गरेर भएपनि छिटो सन्चो हुँने उनको भनाई छ । सरकारीमा राम्रो सेवा सुविधा पाईने भएमा किन हामी पैसा खर्च गरि मेडिकलमा गई उपचार गराउने थियौ र ? वस्नेतले प्रश्न गरे ।
जाजरकोटका ग्रामीण क्षेत्र देखि जिल्ला अस्पताल सम्म विरामीले विश्वास नमानेपछि नीजि स्वास्थ्य संस्थामा गएर उपचार गराउने गरेको वताउँछन् । जाजरकोटको जिल्ला अस्पताल भन्दा २० किलोमिटर टाढाको रुकुमको चौरजहारी अस्पतालमा उपचार गराउनेको ठुलो भिड रहेको छ । गाउँ गाउँमा रहेका स्वास्थ्य संस्था भन्दा नीजि स्तरवाट खुलेका औषधि पसलमा विरामीको ठुलो भिड हुँने गरेको छ । नियमित स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नहुँनु र औषधि पनि सवै प्रकारको नपाउनु सरकारी स्वास्थ्य संस्थाको ठुलो समस्य हो । सरकारी स्वास्थ्य संस्थामा उपचार गराउन आउँने विरामीलाई स्वास्थ्यकर्मीको रुखो वोलीले समेत पिडित वनाएको विरामीको भनाइृ छ ।
विरामी सरकारी स्वास्थ्य संस्थामा उपचारका लागि गएपछि खासै विरामी प्रति ध्यान नदिदा थप पिडा हुँने गरेको स्थानीयको गुनासो छ । तोकिएको समयमा उपचार नगर्ने , यदि गरिहाले पनि विरामीको आत्मवल कम्जोर हुँने गरि केरकार गर्दा उपचार भन्दा पिडा वढी हुँने गरेको भेरी नगरपालिका १ कि हजारी विकले वताईन् ।
हेमन्त के सी……..









