दुर्गममा ढिके नुनकै भर

जाजरकोट ः यहाँका दुरदराजका गाउँहरुमा अझै ढिके नुनको प्रयोग हुँने गरेको छ । जिल्लाका नलगाड नगरपालिकाको वडा ६,१०,११ ,१२ र १३ का स्थानीयहरु अझै ढिके नुन प्रयोग गर्न वाध्य छन् ।
साल्ट कर्पोरेषण जिल्ला शाखाले ग्रामीण क्षेत्रमा आयोडिन यूक्त नुन पुर्याउन नसक्दा यहाँका गाउँहरुमा ढिके नुनको प्रयोग वढेको हो । नगरपालिकाको दल्लीमा रहेको डिपोवाट महिनाको दुई दिन आयोडिन यूक्त नुन वितरण हुँने गर्दछ । महिनाको दुई दिन वितरण हुँने उक्त नुन कहिले वितरण हुन्छ भन्ने सुचनाको अभावमा यहाँका ग्रामीण क्षेत्रका स्थानीयले आयोडिन यूक्त प्रयोग गर्र्न नसकेका हुँन् । ढिके नुन गाउँकै वजारमा पाईने आयोडिन यूक्त नुन लिन ६ घण्टा हिड्नुपर्ने वाध्यता रहेको नलगाड नपा वडा १२ का वडा अध्यक्ष लालवहादुर खत्रीले वताउनुभयो ।
आयोडिन यूक्त नुन प्रयोग गरेमा हुँने फाईदाका विषयमा समेत स्थानीयहरु जानकार नहुँदा थप समस्य आएको हो । आयोडिन यूक्त नुन प्रयोगको फाईदाका विषयमा समेत स्थानीयलाई जानकारी गराउन सके प्रभावकारी हुँने देखिन्छ ।
हेमन्त के सी –––









