जिल्ला सदरमुकाम सारिएको विरोधमा रुकुमकोटबासी आन्दोलित

रुकुम । सरकारले जिल्ला सदरमुकाम अन्यत्र तोकेको भन्दै रुकुम पूर्वको रुकुमकोटबासीले आन्दोलन थालेका छन् ।

अहिलेसम्म रुकुम पूर्वको सदरमुकामको रुपमा रुकुमकोटबाट कामहरु हुँदै आएको थियो । तर, बिहीबार राति बसेको मन्त्रिपरिषद बैठकले पुथाउत्तरगंगा गाउँपालिका(१२, को गोलखाडालाई केन्द्र तोकिदिएको छ ।

निर्णयको विरोधमा रुकुमकोटबासीले गएरातिदेखि नै जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् भने राति मसाल जुलुस पनि निकालेका छन् । चोकचोकमा टायर बालिएको छ ।

आज पनि आन्दोलन जारी रहेको र अब कसरी अगाडि बढ्ने भनेर अहिले रुकुमकोटको छिप्रिदहमा स्थानीयबासी भेला भएको स्थानीय सर्जना कार्कीले जानकारी दिइन् ।

स्थानीयले रुकुमकोट आउने र बाहिर जाने यातायात पनि बन्द गराएका छन् । उनीहरुले जिल्ला अदालत बाहेक सम्पूर्ण सरकारी कार्यालयमा बिहानै ताला लगाइदिएका छन् ।





error: Content is protected !!