यी हुन माओवादी केन्द्रका राष्ट्रिय सभा सदस्यका उम्मेद्वार

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीबाट राष्ट्रिय सभा सदसयका लागि उम्मेद्वारको नाम टूंगो लगाएको छ ।

माओवादी केन्द्रलाई वाम गठबन्धनको सहमति अनुसार १४ सिट भाग परेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित शीर्ष तीन नेताको आज बसेको बैठकले राष्ट्रिय सभा सदस्यका नाम टुंगो लगाएको हो ।

माओवादी केन्द्रको सात प्रदेशका इन्चार्जसहितको शीर्ष नेताहरुको सोमबारको बैठकले अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता श्रेष्ठ र बादललाई उम्मेदवारको नाम छनोट गर्ने जिम्मा दिएको थियो ।

माओवादीले प्रदेश नं ३ को खुलातर्फबाट पार्टीका वरिष्ट नेता रामबहादुर थापा ‘बादल’ लाई उम्मेदवार बनाउको छ ।

माओवादी केन्द्रका राष्ट्रियसभा सदस्य उम्मेदवारको अन्तिम नामवली :

प्रदेश नं १
१‍‍‍. बीना पोखरेल (महिला)

प्रदेश नं २
२. शशिकला दाहाल (महिला)
३. टुङ्गो लगाउन बाँकी

प्रदेश नं ३
४. रामबहादुर थापा ‘बादल’ (खुला)
५. गंगा पराजुली (महिला)

प्रदेश नं ४
६. दीनानाथ शर्मा (खुल्ला)
७. खीमकुमार बि।क। (दलित)

प्रदेश नं ५
८. राजकुमार कुंवर (अल्पसंख्यक र अपांग)
९. चन्द्र बहादुर खड्का (खुला)

प्रदेश नं ६
१०. जीवन बुढा (अल्पसंख्यक र अपाङ्ग)
११. युटुल लामा (महिला)
१२. कालीबहादुर मल्ल (खुल्ला)

प्रदेश नं ७
१३. लालिराम लोहार (दलित)
१४. हरिराम चौधरी (खुला)





error: Content is protected !!