जनताको सेवा प्रवाह रोकिएको भन्दै गम्भिर ध्यानाकर्षण समन्यवय समिती र प्रशासनमा बुझाईयो ज्ञापन पत्र

दुनै(डोल्पा)डोल्पामा जनताको सेवा प्रवाह रोकीएको भन्दै सरोकारवाला निकायको गम्भिर ध्यानकर्षण भएको छ ।
जनप्रतिनिधि कर्मचारीहरु तथा विभिन्न बाहानमा तराई झरेपछि जिल्लाका विभिन्न स्थानीय तहबाट उपलब्धहुनु पर्ने सेवा प्रवाह रोकीएको भन्दै सरोकारवाला निकायको गम्भिर ध्यानकर्षण भएको बताईएको छ ।
आईतबार नागरिक समाज,पत्रकार महासंघ डोल्पा र मिशन नेपालले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितीको कार्यलयमा ज्ञापन पत्र बुझाएका हुन् ।
डोल्पाका आठ वटा स्थानीय तह मध्ये अधिकाशं स्थानीय तहका प्रमुख उप प्रमुख,बडा अध्यक्ष तथा वडा सचिवहरु सम्बन्धित स्थानीय तहमा नभएपछि जनतालाई सास्ती भएको खवर विभिन्न सञ्चार माध्यममा प्रकाशन भईसेकेपछि गम्भिर ध्यानकर्षण भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
साथै अधिकाशं स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरु चिसो छल्ने बाहानामा जिल्ला बाहिर जाँदा सर्वसाधारणको सेवा प्रवाहमा असर परेको कुरा पनि उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
स्थानीय तह जनप्रतिनिधि विहिन हुँदाको अवस्था र स्थानीय निर्वाचन सम्पन्न भएर जनप्रतिनिधि आँउदाको अवस्थामा पनि उस्तै भएको र जनप्रतिनिधि र कर्मचारी नहुँदा स्थानीय तहको सेवा प्रवाह रोकीँदा सर्वसाधाराणको तीब्र आलोचना गरेपछि सरोकारवालाको ध्यानकर्षण भएको समेत बताईएको छ ।
स्थानीय तहबाट उपलब्धहुने सेवा सुविधा सर्वसाधारणलाई सहज बनाउन तथा छिटो भन्दा छिटो कर्मचारीको ब्यवस्थापन गरी सम्बन्धित स्थानीय तहबाटै गाँउ गाउँमा सिँहदरवारको अनुभुति गराउन समेत सम्बन्धित निकायलाई ध्यानकर्षण गराईएको छ ।
जनप्रतिनिधि र कर्मचारी नहुँदाको बिषयलाई लिएर सामाजिक सञ्जालमा समेत तीब्र बिरोध भईरहेको छ ।रामचन्द्र न्यौपाने










