गठबन्धले टुंग्यायो राष्ट्रिय–सभाको सिट बाँडफाड

ए
माले–माओवादीको संयुक्त कार्यदल बैठकले राष्ट्रिय सभाको सिटसंख्यामा भागवण्डा टुंग्याएको छ । राष्ट्रियसभामा जम्मा ५९ जना सांसद रहने संबैधानिक व्यवस्था रहेको छ । जसमध्ये ३ जना राष्ट्रपतिबाट मनोनित हुनेछन् भने प्रत्येक प्रदेशबाट ८ जनाका दरले ५६ जना सांसद निर्वाचित हुनेछन् । वाम गठवन्धनले ४३ सिटका लागि मात्रै भागवण्डा मिलाएका छन् ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको कार्यदल बैठकले एमालेले २९ र माओवादीले १४ वटा सिट पाउने गरी भागवण्डा मिलाएका हुन् । सो प्रस्तावको अन्तिम टुंगो भने पार्टी एकता संयोजन समितिले लगाउने छ । राष्ट्रिय–सभाको निर्वाचन आगामी माघ २४ गते हुँदैछ ।
कुन प्रदेशमा कति सिट पाउने गरी भागवण्डा मिल्यो रु
प्रदेश नम्बर १
एमाले ५
माओवादी १
प्रदेश नम्बर २
एमाले १
माओवादी १
प्रदेश नम्बर ३
एमाले ५
माओवादी १
प्रदेश नम्बर ४
एमाले ४
माओवादी २
प्रदेश नम्बर ५
एमाले ४
माओवादी २
प्रदेश नम्बर ६
एमाले ५
माओवादी ३
प्रदेश नम्बर ७
एमाले ४
माओवादी २
राष्ट्रिय सभामा एमालेका २९, माओवादीका १४ उम्मेदवार हुने
सरकारले तोक्यो अस्थायी प्रादेशिक राजधानी र प्रदेश प्रमुख ९सूचीसहित०
दाङमा सल्कियो आगो, प्रदेश राजधानी माग्दै आमहड्ताल १









