चेरी डकैती वढेपछि स्थानीय आतंकित

जजरकोट (रासस) ः यहाँको भेरी नगरपालिका वडा ९ र १० मा चोरी डकैती वढेको छ । दैनिक चोरी हुँने क्रम नरोकिएपछि भेरी नगरपालिका वडा नं ९ का वडा अध्यक्ष धुर्व पौडेलको नेतृत्वमा आएको टोलीले सुरक्षाको माग गदै जिल्ला प्रशाषण कार्यालय जाजरकोटमा ज्ञापन पत्र वुझाएको छ ।
सो टोलीले प्रदेश सभा सदस्य जाजरकोट क्षेत्र १ का सांसद गणेसप्रसाद सिंहलाई समेत जनताको जिउधनको सुरक्षा गर्न माग गरेको छ । एक हप्ता भित्र ४ वटा पसल , २ वटा घरमा चोरी भएको भन्दै वडा अध्यक्ष सहितको टोलीले सांसद रजिल्ला प्रशाषणमा ध्यान आक्रषण गराएको हो । वडा न ९ र १० को कालाभुर, पोख्रा, भुरमा चोरी वढेपछि स्थानीय आतंकित भएको स्थानीय सन्तोस थापाले वताउनुभयो । जनताको सुरक्षामा तत्काल ध्यान दिन प्रदेश सभा क सांसद गणेसप्रसाद सिंहले प्रहरी , प्रशाषणलाई अनुरोध गरेको वताउनुभयो ।
दैनिक १५ भन्दा वढीेको समुहमा रहेको डाँकाहरुको समुहले राति , जंगलमा घास ,दाउरा गएका स्थानीयलाई दिउसो नै आक्रमण गरि गहना लुट्ने गरेको अर्का स्थानीय कालीवहादुर थापाले वताउनुभयो । मंगलवार जिल्ला प्रशाषण कार्यालय र जिल्ला प्रहरी कार्यालयले अनुगमण समेत गरेको छ । यो ठाउँ प्रहरी चौकी कुदुवाट करिव ४ घण्टाको दुरीमा रहेको छ ।









