सम्झौता भएको ४ वर्षमा स्वास्थ्य चौकी बनेन

नरजन तामाङर हुम्ला /,तिन वर्ष भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको सर्केगाँड गाँऊपालिका वडा नं। ७ रोडिकोटको स्वास्थ्य चौकी हल सम्म पनि निर्माण हुन सकेका छैन । चार बर्षमा भवनको ४ कुना मात्र सम्पन्न भएको छ ।
२०७३ जेठ १५ गते भित्र भवन निर्माण कार्य सम्पन्न गर्नु पर्ने भएपनि ठेकेदारका लापर्वाहिका कारण उपचारमा आउने बिरामीलाई समस्या पर्ने गरेको स्थानियले गुनासो गरेका छन् । भवन नहुँदा सुत्केरी गराउन समेत समस्या भएको छ । सर्केगाँड गाँऊपालिका ७ का स्थानिय चन्द्रसिहं कार्कीले बताए ।
निर्माणधिन रोडिकोट स्वास्थ्यचौकी भवन र हाल सञ्चालनमा रहेको स्वाथ्यचौकीको भवनको तस्बिर स् नरजन तामाङ
यता धुलिखेल निशान कोअर कन्स्ट्रसनका ठेकेदार अकिल बुढाले हिमपात र ढुवानीको समस्याका कारण भवन निर्माण कार्य ढिलो भएको बताए । उनले २०७५ साल असार मसान्त भित्रै भवन निर्माण कार्य सम्पन्न गरिने उनले दावी गरे ।
कामदारले रकम नपाएको गुनासो
रोडिकोट स्वास्थ्यचौकी भवन निर्माण गदै आएका कामदारले काम गरेको ज्याला रकम नपाएको गुनासो गर्ने गरेका छन । ठेकेदारले अहिले सम्म काम गरेको ज्याला बापतको रकम नदिएको सर्केगाँड गाँऊपालिका ७ का जय बहादुर बोहोराले बताए । कामदारले लाखौं रुपयाँ बराबरको कामदारको ज्याल नपाउँदा दैनिक घरखर्च गर्न समेत अप्ठ्यारो भएको उनले दुखेसो पोखे ।
काम गरेको पैसा नदिएपछि कामदारहरुले काम गर्ने समेत छोडेका छन् । प्रमुख जिल्ला अधिकारी अनुगमनमा आएको बेला उजुरी दिदा पनि त्यसको कुनै सुनुवाई समेत नभएको स्थानीय चन्द्रसिहं कार्कीले बताए ।
स्वास्थ्यकर्मीलाई पनि समस्या
दैनिक कामकाजका लागी निजी घर भाडामा लिएको र एउटा कोठामा भण्डारण र अर्को कोठामा विरामी जाँच गर्न प्रयोग गर्दा निकै अप्ठ्यारो भईरहेको अनमी दुर्गा हमालले बताइन् । आफ्नै स्वास्थ्य चौकीको भवन नहुँदा प्रसुति गराउन समस्या भएको उनले बताइन् ।










