विद्यार्थीहरु वेहोस हुँदा दैनिक पढाई प्रभावित

जाजरकोट ,  — यहाँको भेरी नगरपालिका वडा २ स्थित त्रिभुवन आधारभूत विद्यालय रिसाङका विद्यार्थी दैनिक बेहोस हुँदा पढाई प्रभावित भएको छ । 
विद्यालयमा पठनपाठन भइरहेको बेला दैनिक ६ देखि १० जना सम्म विद्यार्थी बेहोस हुँदा समस्य भएको प्रधानाध्यापक कर्णबहादुर शाहीले बताउनुभयो । प्रअ शाहीका अनुसार भूत आयो भनेर कराउँदै छात्रा अचेत हुने गरेका छन्  । एक हप्ता देखि दैनिक विरामी हुँदा कक्षामा पढदा पढदैँ एक्कासि भूत आयो भनेर चिच्याउने र अचेत हुने गरेको शाहीले वताउनुभयो । अर्धचेत भएकाको बहुलाउने, चिथोर्ने, कराउने, हातखुट्टा लुलो हुनेलगायत लक्षण देखा परेको उहाँको भनाइ छ । बेहोसलाई एकान्तमा राखेको १ देखि २ घण्टापछि सामान्य अवस्थामा आउने शाहीले वताउनुभयो ।
घरमा केही नहुने तर विद्यालय पुग्नासाथ बेहोस हुने गरेको पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विर्खवहादुर कार्कीले वताउनुभयो । भूतप्रेतकै कारण विद्यालयमा बालबालिका एक्कासि बेहोस पर्ने गरेको उहाँको भनाइ छ । विद्यालयमा भूतप्रेतको पूजा गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । पूजा नगरे बालबालिकाको ज्यान जाने खतरा बढेको उहाँले बताउनुभयो । दैनिक विद्यार्थी बेहोस हुने समस्य बढदै गएपछि जिल्ला अस्पतालबाट स्वास्थ्यकर्मी बोलाएर परीक्षणसमेत गराएको प्रअ शाहीले बताउनुभयो ।





error: Content is protected !!