औषधी र डाक्टर सहित पुर्वगृहमन्त्री वस्नेत भाईरल प्रभावित क्षेत्र जाजरकोटमा

   हेमन्त के सी 
जाजरकोट ,  ः यहाँको भाईरल प्रभावित क्षेत्र जुनीचाँदे गाउँपालिका वडा १,२ र ३ मा औषधी ,डाक्टर सहितको टिम पुगेको छ ।
पुर्वगृहमन्त्री तथा तथा प्रतिनिधी सभा सदस्य शक्तिवहादुर वस्नेत, स्वास्थ्य मन्त्रालयका सचिव पुष्पा चौधरी र डाक्टर सहितको टिम जाजरकोट पुगेको हो । जाजरकोटको जुनचाँदे गाउँपालिकाको वडा १ ,२ र ३ मा औषधी वितरण र सदरमुकाममा अन्तरक्रिय सहित विशेष निर्देशन दिने कार्यक्रम रहेको छ । भाईरल प्रभावित क्षेत्रमा ८ क्विन्टल औषधी समेत ल्याईएको छ ।


जाजरकोटवाट काठमाण्डौँ ल्याएर राष्टिय प्रयोगशाला जाँच गरेको विरामीको नमुनामा मौसमी रुघाखोकी भएको पुष्टि भएको छ । भाईरलवाट मृत्यू हुँनेको संख्य १३ पुगीसक्दा वल्ल राज्यले आँखा खुलेको स्थानीयले वताएका छन् ।





error: Content is protected !!