डोल्पामा भिषण आगलागि सात घर जलेर नष्ट, नियन्त्रणको प्रयास जारी

दुनै(डोल्पा) २६ पौष
डोल्पाको मुड्केचुला गाँउपालिका अन्तर्गत वडा नं ९ होर्त गाउँमा बुधवार बेलुकी भिषण आगलागि भएको छ ।
आगलागिबाट सातघर पुर्ण रुपमा जलेर नष्ट भएको र आगलागि अझै जारी रहेकाले नियन्त्रणकालागि प्रहरीको टोली पुगसिकेको जिप्रका डोल्पाका प्रहरी नायव निरीक्षक यम बहादुर मल्लले जानकारी दिनुभयो ।
प्रहरी र विभिन्न गाँउबाट आएका सर्वसाधारणले संयुक्त रुपमा आगलागि नियन्त्रणको प्रयास भईरहेपनि अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।
आगलागिबाट मानविय क्षती भने नभएको प्रहरी नायव निरीक्षक मल्लले जानकारी दिनुभयो ।आगलागि कसरी भयो कती क्षती भयो भन्ने कुनै जानकारी नआएको बताईएको छ ।
आगलागिबाट पशुबस्तुको समेत क्षती भएको प्रहरीले जानकारी दिएको छ ।










