जुम्लाका डाक्टर जाजरकोट भाईरल प्रभावित क्षेत्रमा खटिए

जाजरकोट  ः जाजरकोटको जुनिचाँदे गाउपालिकामा फैलिएको भाईरल ज्वरो नियन्त्रणमा आउँन नसकेपछि थप विशेषज्ञ डक्टर सहितको टोली परिचालन गरिएको छ । 
दुई साताभन्दा बढी समयदेखि जाजरकोटको जुनुचाँदे गाउँपालिकाका वडा १ , २ र ३ मा फैलिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले वाल रोग विशेषज्ञ डा. नम्रता सिन्दान र मेडिकल अधिकृत सुर्य चौधरीलाई महामारी प्रभावित क्षेत्रमा खटाएको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुख रामवहादुर नेपालीले वताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालय जाजरकोट र क्षेत्रिय स्वास्थ्य निर्देशनालय सुर्खेतको आग्रहमा जुम्लावाट चिकित्सकको टोली भाईरल प्रभावित क्षेत्रमा खटाईएको हो ।
जाजरकोटमा रहेका स्वास्थ्यकर्मी कमी भएपछि जुम्लावाट स्वास्थ्यकर्मी थप गरिएको छ । आवश्यक औषधि सहितको टोली वुधवार जुनीचाँदे गाउँपालिका वडा २ र ३ मा पुगिसकेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । सदरमुकामवाट झण्डै २३ कोष टाढा जुनिचाँदे गाउँपालिकाको मजकोट पर्दछ । उपचारका लागि राखिएको शिविरमा विरामीहरु आउँन नसक्दा विरामी घट्न नसकेका हुँन् ।





error: Content is protected !!