भाइरल ज्वरोको विरामीलाई धामीको भरमा पर्दा चार को मृत्यू

जाजरकोट, एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोले चारको मृत्यु भएको छ । रुघाखोकीले केही दिनदेखि थलिएका जुनीचाँदे गाँउपालिका २ मजकोटकी ६५ वर्षीया धनसरा नाथ र ७५ बर्षका सतरुप शाहीे , ६२ वर्षीय आईती तिरुवा, मृत्यु भएको स्वाथ्य चौकी बड्कुलेका इन्चार्ज हरिबहादुर सिंहले बताउनुभयो । नाथको बुधबार र शाहीको बिहीबार मृत्यु भएको हो । त्यस्तै वडा २ कै ८ वर्षीय धनवहादुर विकको शनिवार मृत्यू भएको छ । ज्वरो र रुघाखोकीले तीन सय बढी गाँउले विरामी परेका छन् । उहाँले स्वाथ्यचौकीमा दैनिक ४०÷५० जना भाइरलका विरामी आउने गरेको बताउनुभयो ।
विरामी रोग लाग्ने बित्तिकै उपचारका लागि स्वास्थ्य संस्था नआउने र झारफुक गर्न तिर लाग्ने गर्नले समस्या देखियो इन्चार्ज सिंहको भनाइ छ । जुनीचाँदे गाँउपालिका १ को जुनी, चाँदे, काप्रा, बड्कुले, कार्कीगाउँ, वडा नम्बर २ का मजकोट, आलीमौगाना र ३ का डाडाकोट र परालेमा भाइरल प्रकोपको रुपमा देखा परेको स्वास्थ्यकर्मीले बताएका छन् ।
सबैभन्दा बढी वडा नम्बर २ मजकोटमा विरामी देखा परेका छन् । एउटै घरमा ३, ४ जना विरामी परेको स्थानीय काशीराम न्यौपाने वताउनुभयो । जुनीचाँदेका साथै छेडागाडका सुवानाउली र टीकाचौरमा पनि रुघाखोकीका विरामी बढेका छन्। विरामीमा घाँटी दुख्ने, सुख्खा खोकी, टाउको दुख्ने, हातखुट्टा दुख्ने, चिटचिट पसिना आउने, ज्वरो आउने लगायतका समस्या देखिने गरेको छ । त्यस्तै वारेकोट गाउँपालिकाको वडा ५ मा पनि भाईज्वरोका कारण विद्यार्थीहरु विद्यालय आउँन नसकेको सरसस्वती माविका प्रअ मनवहादुर सिंहले वताउनुभयो । विद्यार्थी विद्यालयमा नआउँदा परिक्षा समेत प्रभावित भएको छ ।
भाइरलको प्रकोप फैलिएको सूचना पाएपछि जिल्ला स्वास्थ्यले रोग पहिचानको लागि ल्याब टेक्निसियन कृष्ण खत्रीको नेतृत्वमा प्रभावित क्षेत्रमा टोली पठाएको छ । ‘रोगको पहिचान गर्न टेक्निसियन पठाएका छौँ’, जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले भन्नुभयो , ‘एच १ एन १ हो कि भनेर टेष्ट किड पठाएका छौँ । यदि एच १ एन १ भए रोग फैलिने खतरा धेरै हुने भएकाले पहिचानका लागि समयमै सजग हुनुपर्छ ।’
सँगै प्रभावित क्षेत्रमा थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटबाट डा. पवन शाक्यको नेतृत्वमा थप टोली पाएको कार्यालय प्रमुख नेपालीले बताउनुभयो । त्यस्तै औषधि अभाव हुन नदिन शुक्रवार मात्र एक ट्याक्टर औषधि समेत पठाइएको उहाँले जानकारी दिनुभयो । अहिले चिसोको कारण जाजरकोटका सवै ठाउँमा विरामीको संख्य ह्वातै वढेको छ










