सचिव नभेटिने ठाउँमा वाह्र घण्टा काम

जाजरकोट, २१ पुस (रासस)ः कुनै वेला गाविस सचिव खोज्दा खोज्दै दिनभरी खर्चने त्रिवेणी नलगाड नगरपालिकाका स्थानीयवासीन्दाहरु अहिले गाउँमै सरकारी काम हुँदा दंग छन् । 
घर वाट सदरमुकाम जाँन नै दुई दिन लाग्ने गर्दथ्यो , त्यसमा पनि सचिव खोज्दा एक दिन चौपट हुँने गरेको नमिठो कथा छ त्रिवेणी नलगाड नगरपालिका वडा १३ का हरीमाया विक संग । उहाँ भन्नुहुन्छ “ घरमा रिण सापटी गरेर लिएको पैसा सचिव खोज्दै सकिथ्यो , अहिले सवै काम घर नजिकैको वडा कार्यालयमा हुँदा हामी निकै खुसी छौँ ” । यहाँ नगरपालिका र वडा कार्यालयमा आउँने सवै सेवाग्रहीहरु काम छिटो र छरितो भएको पाउँदा खुुसी मात्र छैन्न , परिर्वतन सहितको नयाँ व्यवस्थाको अनुभुमि भएको वखान समेत गर्न थालेका छन् । ७१ वर्षको उमेर हुँदा सम्म सधै अर्काले नै वृद्धभत्ता रकम वुझने , तर आफ्नो हातमा कहिले नपर्ने गुनासो गदै आउँनुभएकी त्रिवेणी नलगाड नगरपालिका १२ कि सरस्वती वस्नेतले यो पटक भने नगरप्रमूख टेकवहादुर रावललको हात वाट घरको पिडिमै वसेर वृद्धभत्ता वुझन पाँउदा निकै खुसी हुनुहुन्छ । उहाँ भन्नुहुन्छ “ वाँचेपछि के के देख्न पाईन्छ , पाईन्छ ? अहिले सरकार प्रमूख आएर घरमै मेरो हातमा भत्ता दिनुभयो , धेरै वर्ष पछि मेरो हातमा भत्ता परेको छ ” ।

सरस्वती मात्र होईन् वषौँ पछि आफ्नै घरमा भत्ता वुझन पाउँदा त्रिवेणी नलगाड ९ का ६४ वर्षीय कले कामी खुसी हुँदै भन्नुहुन्ुछ “ छोरा यूद्धमा लागेर गुम्यो , आज सम्म तेरो भत्ता यति छ लैजा भनेर कोही आएको थिएन , जसले ल्यायो उसैले खान्थ्यो , अहिले भने नगरप्रमुख टेकवहादुर रावल र प्रशासकीय प्रमूख सुरेन्द्र सिंह सर आएर भत्ता , डाक्टर सहित ल्याई औषधी दिनुभयो ” । उहाँहरुले भने झै आज भोली जिल्लाका अन्य नगरपालिका र गाउँपालिका भन्दा त्रिवेणी नलगाड नगरपालिका गाउँमा सञ्चालन भएको एक मात्र नगरपालिका हो । यहाँका कर्मचारीहरु विहान ८ वजे देखि काममा जुट्छन् भने वेलुका ६ वजे सम्म जनताको काममा व्यवस्त हुन्छन् । कार्यालय आसपासमा कोही सेवाग्रही आउँन वितिकै तपाईको काम के छ , काम भए भन्नुहोस ? भन्दै हाँसीलो तरिकाले प्रस्तुत हुँदा जो कोही पनि काम भन्दा पनि कर्मचारीको व्यवहारले प्रभावित हुँने गरेको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले वताउनुभयो । नगरपालिकाको सवै काम कम्प्यूटरवाट हुने गरेको छ ।

नगरप्रमूख , वडा अध्यक्ष र कर्मचारीहरु निवेदन लेख्न नसक्ने सेवा ग्रही आएमा आफै निवेदन लेखेर समस्य सुल्झाउन तर्फ लागेको देख्दा सवै नवआगन्तुक वेक्तित्वहरु अनौठो मान्ने गरेका छन् । कार्यालयमै पहिलो पटक ईन्टरनेट जडान गरि कामलाई छिटो सरितो वनाईएको छ । जाजरकोटको दुर्गमका सञ्चालन गरि कार्यालयमै ईन्टरनेट जोड्ने त्रिवेणी नलगाड नगरपालिका नै पहिलो वनेको छ । वेरुजु रकम भएका व्यक्ति उपभोक्ता समितिमा वस्न नपाउँदा यहाँको वषौदेखि उपभोक्ता समितिमा वसेर हालीमुहाली गदै आएका केही स्थानीय नेताहरु तह लागेका छन् ।
श्रीमतीको नाम लेखी वैँकमा दस्तखत नमुना काडमा श्रीमतीकै फोटो टाँसी आफु सहि गर्ने प्रवृती समेत अन्त्य भएको छ । अर्काको नाममा अकैको रजाई गर्ने प्रवती कम भए संगै यहाँका सहिलाहरुले वैँकमा सहज पहुँच पाएका छन् । शिक्षक जागिर छोडेर राजनीतिमा होमिएका नगरप्रमूख रावल ईमान्दार छविका व्यक्तिको रुपमा जिल्लामै गनिन्छन् ।
हेमन्त के सी ———





error: Content is protected !!