जाजरकोट त्रिवेणी नलगाड नगरपालिका छेप्का देखि कैना सम्म यातायातका साधन सञ्चालन (फोटो फिचर )

जाजरकोट त्रिवेणी नलगाड नगरपालिका छेप्का देखि कैना सम्म औपचारिक यातायातका
साधन सञ्चालन (फोटो फिचर )
सुन धरौटी राखेर खनेको सडकमा गाडी गुड्यो
त्रिवेणी नलगाड नगरपालिका वडा ३ कि ६१ वर्षीय गोरे सार्की घर नजिकै जीप आँउदा हेर्न नाती वोकेर कैनामा आउँनुभयो । वुधवार वेलुका चार वटा जीप दल्लीवाट लिएर कैना पुगेका नगरप्रमूख टेकवहादुर रावललाई अव सधै जीप आउँछ नि ? भन्दै सार्कीले जिज्ञासा समेत राख्नुभयो । उहाँले आफुले लगाएका सुन वैँकमा राखेर सडक खन्नका लागि पैसा जुटाउनुभएको थियो ।
त्यस्तै दलवीर वुढाले वडा ३ का वडा अध्यक्ष प्रचण्ड ओलीलाई हाम्रो सुन वैँकमा धरौटी राखेर खनेको सडकमा सधै यातायात चल्ने वातावरण वनाई दिन आग्रह गर्नुभयो । जीप पुगेको हेर्न र स्वागत गर्न यहाँका ३ सय भन्दा वढी स्थानीयहरु माला ,अविर ल्याएर कैनामा पुगेका थिए । उनीहरुले जीप चालक र मेयर, वडा अध्यक्ष सवैलाई फुलमाला ,अविरले भव्य स्वागत गरे । त्रिवेणी नलगाड नगरपालिका वडा ७ दल्लीवाट वडा ३ को कैना सम्म करिव ६ किलोमिटर सडक निर्माण कार्य सम्पन्न भई जीप सञ्चालन भएपछि यहाँका स्थानीयहरु खुसीले गद् गद् हुँदै परिश्रमको फल प्रयोग गर्न पाएको भन्दै निकै खुसी भएका छन् । यहाँका ११ जना स्थानीयले ४० तोला सुन वैँकमा राखेर छेप्का वाट कैना सम्म सडक निर्माणका लागि पहल गरेका थिए । २०६९ सालमा यो सडक निर्माणका लागि पहल सुरु गरिएको वडा अध्यक्ष प्रचण्ड ओलीले वताउनुभयो । पहिले सुन धरौटी राखेर सडक निर्माण थालेपछि पछि गाविस र अहिले नगरपालिकाले पनि सो सडकमा ५० लाख भन्दा वढी वजेट विनियोजन गरेपछि सडक निर्माण कार्य भई जीप गुडेको छ । गाउँका सुन र रुपैया जम्म गरि वैकमा धरौटी राखेर खनेको सडक दिगो गर्नुपर्ने भन्दै यहाँका स्थानीयवासीले सवै जनप्रतिनिधीलाई आग्रह समेत गरेका छन् ।
नगरप्रमूख टेकवहादुर रावलले भन्नुभयो “ अव हामीले गाडी सञ्चालन गरिसक्यौ , जहिले नि यहाँ गाडी आउँछ तर तपाईहरु आएका गाडी रित्तो नपठाउनुहोला ? यो डाडागाउँ र ढिमेलाई समेटेर सुन्तलाको जुस वनाई देशका सवै ठाउँमा लिने व्यवस्थाका लागि पाँचकाटियामा कारखाना वन्न लागेको छ ” ।
सुन धरौटी राखेर सडक खन्नेलाई सम्मान
यहाँका सुन धरौटी राखेर सडक निर्माण गर्ने डाडागाउँका ११ जनालाई त्रिवेणी नलगाड वडा ३ का वडा अध्यक्ष प्रचण्ड ओली र नगरप्रमूख टेकवहादुर रावलले सम्मान गनुभएको छ ।
हेमन्त के सी










