भीरबाट लडेर दुईको मृत्यु

जाजरकोटमा भीरबाट लडेर मंगलवबर राती दुई युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुशे गाँउपालिका –७ नारेका २८ वर्षीय किशोरकुमार सिंह र ३० वर्षीय जनकबहादुर नेपाली छन् ।
कुशे ५ ढिमेमा पाँच वर्षमा लाग्ने झादेउ मेला हेरेर घर फर्कने क्रममा सिस्नेरी भीरबाट लडेर उनीहरुको घटना स्थलमै ज्यान गएको धनबहादुर सिंहले बताए । उनीहरु करिब पाँच सय मिटर तल खस्दा टाउकोमा चोट लागेको बताइएको छ ।
भौगोलिक विकटताका कारण तीन महिनायता जाजरकाटमा लडेर ६ जनाको ज्यान गइसकेको प्रहरीको भनाइ छ । भिरालो बाटोमा राती मदिरा सेवन गरेर हिड्ने गरिएकाले दुघर्टना बढेको प्रहरीको जनाएको छ ।





error: Content is protected !!