कैलाश सिरोहीया नेपालमा सुमार्गी फरार भयो भन्ने दुबई पुगेर सुटुक्क भेट्ने

काठमाडौं– एकातिर दुई ठुला मिडिया हाउसका मालिक स्वदेशमा ए अर्काको ज्यान सुरक्षाको माग गर्दै झगडा छताछुल्ल पार्दै छन् भने अर्कातिर विदेश गएर साटसुट हिसाब मिलान गर्न पनि भ्याएकै छन् । उनीहरु गत साता एक दिनको फरक पारेर सुटुक्क एउटा खाडी मुलुकतर्फ लागेको उडान तालिकाले देखाएको छ ।
अजय सुमार्गी १३ गते गएर फलाई दुबईको जहाजबाट १५ गते सांझ ६ः३० बजे फर्किइसके भने कैलाश सिरोहियाचांही १४ गते रातिसाढे १० बजे सोही वायुसेवाको उडानबाट दुबई पुगेर भोलिपल्ट दिनभर सुमार्गीसंग भेटवार्ता गरे पनि अझैसम्म नेपाल फर्किएका छैनन् ।
एक अर्कालाई स्वामी शब्दले सम्बोधन गर्ने थाहा र कान्तिपुर मिडिया ग्रुपका यी दुई नव धनाढ्य अघिल्लो महिना ज्यानी दुश्मनका रुपमा छताछुल्ल भएका थिए । यस्तो किन भएको होला रु भित्री रहस्य जे–जे भए पनि बाहिर देखिने कारणचाहि आर्थिक लेनदेन नै रहेकोमा आशंका छैन् ।
कैलाश सिरोहियाले कान्तिपुरबाट विनोद ज्ञवाली अलग भएपछि रामेश्वर थापालाई पार्टनर बनाएर भित्रयाए । केही समयमै रामेश्वर पनि अलग्गिने भए । उनलाई सिरोहियाले २५ करोडको दुई वटा चेक दिए ।
त्यो कुरा लोकमानसिंह कार्की अख्तियार प्रमुख रहेकै बेलाको हो । उक्त चेकअन्तर्गतको केही रकम त तत्काल भुक्तानी भयो तर ठुलो हिस्सा बांकी नै थियो । त्यसैबेला काठमाडौंको तीनकुनेमा सुहृद घिमिरेबाट जग्गा किनेर काठमाडौं मार्ट खोल्ने तयारी भयो ।
जग्गाको कारोबार गर्दा जम्मा ६५ करोडमा पास गरिएको थियो । रामेश्वरलाई भुक्तान गर्न सिरोहियाले सुमार्गीलाई बेचेको सो जग्गामा एक हप्ता अगाडिदेखि थाहा ड्राइभिङ सेन्टर संचालनमा आएको छ ।
हुन त त्यही बेला पनि सो जग्गाको कारोबार रोक्न लोकमानले मालपोतलाई धम्कीयुक्त फोन गरेका थिए तर राति आठ बजेसम्म कार्यालय खुला राखेर भए पनि पास गरियो ।
अहिले त्यही जग्गा पुरानै मूल्यमा फिर्ता गर्न सिरोहियाले सुमार्गीलाई दबाव दिएपछि आन्तरिक विवाद छताछुल्ल भएको कसै कसैको दाबी छ ।
जग्गा मुक्तिश्री सिमेन्टको नाममा सुमार्गीले किनेका हुन । यसरी आफ्नो प्रस्ताव नमानेपछि कैलाशले कान्तिपुर पत्रिकालाई आफूविरुद्ध प्रयोग गरेको आरोप लगाउदै सुमार्गी भन्छन् ‘जग्गा किन्दा मैले दिएको पैसा लिगल हुने अनि मैले उनको प्रस्ताव अस्वीकार गर्नासाथ त्यही पैसा इलिगल हुने रु’
प्रचण्डले पनि सुमार्गी र सिरोहियाबीच सम्बन्ध बिग्रिएकै बेला सुमार्गीले उपलब्ध गराएको भन्ने गरिएको लाजिम्पाटको डेरो छोडेका छन् ।
यो संयोग मात्र हो या अन्य केही सम्बन्ध पनि यी घटनाक्रमबीच छ त्यो चाही खोजीको विषय बनेको छ । एउटा अर्को प्रसंगमा सुमार्गीले केही करोड रुपैया सिरोहियालाई दिएको बताइन्छ ।
तर,चुनावताका सुमार्गीले चीतवनमा प्रचण्डका लागि ३० लाख मात्र पठाएपछि यस्तो पनि गर्ने हो भन्दै फिर्ता पठाइएको बताइन्छ । आजको जनआस्था साप्ताहिकमा समाचार छ ।



