ह्वात्तै बढ्यो देशभर चिसो, काठमाडौंमा आज वर्षकै सबैभन्दा कम तापक्रम

काठमाडौं । केहीदिन यतादेखि निरन्तर ओरालो लागेको तापक्रम बुधबार ह्वात्तै घटेको छ । बुधबार राजधानी काठमाडौंसहित देशभर चिसो बढेको छ ।
काठमाडौंको तापक्रम वर्षकै सबैभन्दा कम मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अनुसार, बुधवार बिहान काठमाडौंको तापक्रम २।२ रेकर्ड भएको छ ।

यो वर्षकै सबैभन्दा कम तापक्रम हो । गत पुस १ गते काठमाडौंको तापक्रम २.८ मा झरेको थियो ।
त्यसयता उतारचढाव आइरहेको काठमाडौंको तापक्रम बुधबार ह्वात्तै घटेको हो । पश्चिम नेपालमा चिसो बढेसँगै जनजीवन कष्टकर बनेको छ । तराईका विभिन्न जिल्लामा चिसोका कारण कठ्यांग्रीएर मृत्यु हुनेको संख्या ३ पुगेको छ ।










