उनकाे सम्झनामा डायरिकाे एक पाना


सत्य पहाडी – त्याउन गार्हो भएको छ कि उनले हामीलाई छोडेर गए भनेर ! मन भारी भएको छ ! हाम्रा अभिभावक ( क प्रचण्ड र क सिता ) माथि भएको यो बज्रपात र पार्टीले झेलेयो क्षेति ले स्तब्ध तुल्याएको छ ! सम्हालिन गार्हो भएकोछ । तर पनि धैर्यधारण गर्नु वाहेक अरु उपाए छैन ।
भाई प्रकाश
म चितवनको यात्राको लागि रात भरी गाडीमा थिए , ज्वरो ले छोडेकै थिएन । आदरणीय कमरेड सिता र अध्यक्ष कमरेड प्रचण्ड माथि परेको दुख र हामी सवैले भोग्नु परेको क्षतिको कुनै मलम र पूर्ति थिएन । कमरेड प्रकाश दाहालको आकस्मिक निधनले धेरै दिन सम्म हामी बिचमा स्तब्धता छाईरहेको थियो । चुनावको चटारो टरेको थिएन । तहि पनि एकपटक मात्र भए पनि आदरणीय अध्यक्ष कमरेड र सिता कमरेड लाई देख्नपाए मन सान्त हुन्थ्यो कि भनेर हतारीएकि थिए । छर्लंग उज्यालो पनि भयो । म चितवन पुगे । प्रकाश कमरेडको आफ्नो माटो छुदा पनि मन भिन्न भयो ।
चारातिर प्रकाशको प्रतिबिम्वले घेरीरहे । कानमा दिदि सलाम ! भनेको आवाज घरी घरी आईरह्यो । सधै आउने जिवनका आफ्ठ्याहरु म प्रकाश संगै सियर गर्थ्ये । आव त त्यो पनि खोसिदियो । अझ जिवन जटील जस्तो लाग्न थाल्यो । सारै एक्लो जस्तो महसुस भयो । किन कि अध्यक्षको समय छोटो हुन्थ्यो त्यसैले उहाँको अमुल्य समय ब्यक्तिगत कुरा दर्सायर नबितोस भन्ने लाग्थ्यो । बाँकि सबै कुरा प्रकाश संगै हुन्थ्यो किनकि प्रकाश संग बताएका कुरा गोप्यतामा पनि रहन्थ्ये । र सुरक्षित पनि । प्रकाशमा गोपनियताको राम्रो महत्वबोध थियो जो ठुलै घगरान मान्छे भन्नेहरु संग थिएन ।
साच्चै उमेर सानो भए पनि सबैको लागि अभिभावक नै थिए कमरेड प्रकाश । भेटघाट पातलो हुने बित्तीकै आफैले फोन नं मागेर भएनी भेट्ने प्रयत्न गर्थ्ये । हामी घण्टौं कुरा गरेर रमाउथ्यौं कहिले कहि । कहिले काहि एकअर्कोमा रिसाएर ठुस्केर बस्थ्यौं । प्रकाश ले नै फेरी आफैले फोन गरेर फकाउथ्ये । पछिल्लो दिनमा हाम्रो कुराकानी कम भएको थियो ।
पन्जावमा देखेके त्यो चन्चले बहादुर केटालाई अहिले पनि वेतावका साथ खोजिरहन्छ मन । रोल्पाका गाउमा बन्दुक बोकेर भोकै प्यासै देश र जनताको लागि कुद्ने सहासि जनसेनालाई खोजिरहन्छन यी आँखाहरु । बाबाको साथी , आमाको प्यारो नानी , दिदि हरुको अभिभावक , योध्दाहरु को प्यारो कमरेड , उसको अभावमा हामी साच्चै छटपटीरहेछौं ।
उ अब आउने छैन हाम्रा आशु पुछ्न । बरु हामी उ बनेर आशुहरु पुछेर सबैमा सहास भर्नु पर्नेछ । हो आमा उठेर अर्धहोसमा भन्नुहुन्छ । उसको इच्छा अहिले बामगठबन्धन ले दुईतिहाई बहुमत ल्यायरजित्नु हो । उसको इच्छा पुरा गर है । बाबा भन्नु हुन्छ अब हामी लाखौं छोरा छोरीहरुको लागि बाच्नु पर्छ । रुने फुर्सद पनि छैन हाम्रा बाबालाई ।
दिनमा ७/८ वटा कार्यक्रम अनि भेटघाट राती १/२ घण्टाको सुताई । आँखाभरी आएका आशुहरु आखामै नतमस्तक भएर रोकिए ।
सधै झै दिदि फोन गरीरहनु है तपाई अलि दुर्गुममा हुनु हुन्छ भनेर सहाश भर्ने मान्छे त्यहाँ थिएन । कहि पनि देखिन उनलाई । उनका दुई प्रतिबिम्व हरु देखे र सम्झे उनमै भोलिको प्रकाश देखेर आँखाभरी सजाए । र एकछिन एक टकले सबैमा उनको सपना हेरे । उनको सपना पुरा गर्न हाम्रो महान लक्षको बाटोमा निरन्तर हिडिरहने प्रतिबध्दता नै उनिप्रति को श्रध्दान्जली हो भन्ने सोचे र सम्पुर्ण परिवारवारमा हार्दिक समवेदना प्रकट गरेर राति ९ बजे फर्किए ।
म फर्किए तर मन उनि खेलेकै आगनमा रहयो । प्रकाश भाई तिम्रो सम्झना मा मेरा दुईशब्द । तिमी बाँचिरहेछौ मनभरी तिम्रो सम्झना मन भरी । अलविदा भाई प्रकाश ।
लेखक – साहित्यकार तथा लेखक ,पुर्व शान्ति मन्त्री हुनुहुन्छ ।










