गैर जिम्मेवार काम गरेको आरोपमा इलामका प्रेम राई साउदीको जेलमा ,आमा र श्रीमती नेपालमा रुदै।

लक्ष्मण रसाइली
गैर जिम्मेवारी काम गरेको आरोपमा इलामका प्रेम बहादुर र जेल जीवन बिताइ रहेका छन।क्राउन ओभरसिज प्रा लि सामाखुसी काठ्माण्डौबाट वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरबको अल सवाली इन्टरनेशनल कम्पनीमा पुगेका माइ गाउँपालिका ,दानाबारी इलामका ३०बर्सिय प्रेम बिगत २१महिना देखि साउदी अरेबियाको मलाज जेलमा भोग्नै नपर्ने दोहोरो सजाय भोगी रहेका छ्न ।
साउदी अरबको अल सवाली इन्टरनेशनल कम्पनीमा गाडी चालक काम गरिरहेका प्रेमले कम्पनीको करिब ३लाख १०हजार रियालको इलेक्टि्रकल केवल वाएर ढुवानी गर्दा बाटो मै बिश्रामको लागि ट्रक राख्दा प्रेमले चलाउने ट्रक सहित वाएर पनि चोरी भएको थियो। उक्त ट्र्क र वाएर चोरी भएपछि साउदी प्रहरीमा ट्रक र वाएर चोरिको दर्ता गराएपछी ट्रक फेला परे पनि उक्त वाएर भने फेला परेको थिएन।
उक्त बिगो( वाएर) बराबरको रकम भुक्तानी गर्न प्रेमलाइ कम्पनीले अदालतमा मुद्दा हालेको थियो र प्रेमले सो रकम भुक्तान गर्न नसक्ने भएकाले साउदी सरकारी अदालतले मलाज जेलमा २महिना जेल र ५०कोरा जेलको फैसला गरेको थियो तर उनले जेल सजाय पूरा गरि सकेका थिए।तर पछि सोही आरोपमा सार्बजनिक अदालतमा कम्पनी मालिकले मुद्दा दर्ता गराइ पुनः ३लाख १०हजार भुक्तान नगरुन्जेल सम्म आजिबन जेल जीवनको फैसला सुनाएको छ।एउटै आरोपमा दुई पटक जेल सजाय भोग्नु परेका कारण प्रेमको बिक्षिप्त मनस्थिति भइ उनी जीवन मरणको दोसाधमा जेलको कालो कोठरीमा बसि रहेका छ्न।
घरमा बृद आमा धन लक्ष्मी राई र बृद बा नोख बहादुर राई रात दिनै रोइ कराइ रहेका छन त्यस्तै साना फुल जस्ति ७बर्सिया छोरी रासिका राई बाबाको पर्खाइमा रुदै छछिनत झनै दुखद पीडा प्रेम साउदी जादा गर्व मै रहेका छोरा अहिले १७महिने रिसब राइको त झनै प्रेमले मुखै देख्न पाएका छैनन।उनकी जीवन साथी सरिता राइको त झन के रात रातै दिन दिनै रुदा आखाको नयन नै भरिएको छ।श्रीमान साउदिको जेल घरायसि समस्या,साउदीमा श्रीमान छुटाउनको लागि करिब ९५लाख रकम कहाबाट जुटाउन।सरिता रुदै भन्छिन”श्रीमान साउदिमा दोहोरो सजाय भोग्दै हुन हुन्छ,कम्पनीले सो हराएको बिगोको नेपालि रुपैयाँ करिब ९५लाख मागेको छ ,नत्र आजिबन जेलको सजाय सुनाएको छ तर यत्रो रकम म कसरी जुटाउ”उनले भक्कानिदै भनीन।

साउदी स्थित मलाज जेलमा चलान गर्नु अघि पुलिस हिरासतमा कयौ महिना राखी खान,पिउन पानी समेत नदिइकन मानसिक भौतिक यातनाका कारण प्रेमको अबस्था निकै बिक्षिप्त भइ सकेको छ।जेलबाट मुक्त हुन प्रेमले साउदी रियाल ३लाख १०हजार अर्थात नेपाली ९५लाख रकम कम्पनी मालिकलाइ बुझाउनु पर्ने नत्र जेल सजाय भोगीरहनु पर्ने सार्वजनिक अदालतले फैसला गरेको छ।गरिब ,अभाब,बेरोजगारी र आर्थिक रुपले बिपन्न भएकै कारण घर परिवारको आबश्यकता पूरा गर्न घर खेत साहुकोम राखी ऋण लिएर साउदी पुगेका प्रेमले ९५लाख बुझाउन सक्ने त कुरै भएन।त्यसैले अहिले प्रेमका परिवार राजधानीमा उद्दारको लागि गुहार मागी रहेका छन।उनलाइ छुटाउन सम्भब यति मात्रै छ कि कम्पनी मालिकलाइ ९५लाख बुझाउनु पर्ने तर यति रकम कसरी जुटाउन प्रेमको परिवार।प्रेमकी आमा रुदै भन्छिन”छोरा पहिले नै करिब २१महिना बसेर छुट्टि काटेर गएको हो तर त्यहा गएको एक महिना मै छोरालाइ यस्तो आरोपमा जेल हालियो ,छोरा यति धेरै रकम भुक्तानीको फैसला गरेछ यति रकम हामी कसरी जुटाऔ अब “भक्कानिदै भनिन।
जीवन मरणमा जेल जीवन बिताइ रहेका प्रेम राइको लागि अहिले उनको परिवार सम्पुर्ण सम्बन्धित निकाय,राजदुतावास साउदी अरब,परराष्ट मन्त्रालय ,गैर आबाशिय नेपाली संघ ,तथा स्वदेश बिदेशमा आबद्द सरकारी तथा गैरसरकारी संघ सस्था संग सहयोगको लागि अपिल गरेका छन।प्रेमको छुटाउन करिब ९५लाख रकम रकम कम्पनि मालिकलाइ बुझाए पछि मात्र प्रेम छुटने देखिन्छ त्यसैले सम्पुर्ण सहयोगी संघ सस्थामा सहयोगको लागि अपिल गरेका छन।जसको सहयोगका लागि श्रीमती सरिता राइको बैंक खाता नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड धुम्बाराही , काठमाण्डौको खाता न:०२९०५०३०२८५१७९मा सहयोग गर्न सकिने छ।










