बारेकोटमा नेपाल विद्यालय कर्मचारी परिषदको भेला सम्पन्न

कालीप्रशाद थापा
जाजरकोट, विद्यालयमा अध्यापन गरिरहेका शिक्षकका समस्या शिक्षा निमावलीमा समेटिनु पर्ने पस्ताव पास गर्दै बारेकोटमा नेपाल विद्यालय कर्मचारी परिषदको भेला बुधवार सम्पन्न भएको छ । आफ्ना समस्याहरु प्रति नेपाल सरकार गम्भिर नभएको भन्दै आगामी सरकारले समस्या समाधान गर्नु पर्ने माग राख्दै भेला सम्पन्न भएको हो ।
सम्पन्न भेलाले सम्पूर्ण विद्यालय कर्मचारीहरुलाई योग्यता र नियुक्तिको आधारमा न्यायिक ढंगले तलव तथा सेवा सुविधा दिनु पर्ने माग राखेको नेपाल कर्मचा।ी परिषदका जिल्ला संयोजक लोकबहादुर सिंहले जानकारी दिए । बारेकोट गाउँपालिका स्तरीय सबै शिक्षक कर्मचारीहरुले अनिवार्यरुपमा सदस्यता लिनु पर्ने भेलाले निर्णय गरेको छ । प्रत्येक महिनाको अन्तिम सनिवार नेपाल विद्यालय कर्मचारी परिषद बारेकोटको बैठक बस्नु पर्ने पनि भेलाले निर्णय गरेको छ ।
बुधवार सम्पन्न भेलाले घमण्ड सिंहको अध्यक्षतामा १३ सदस्य नेपाल विद्यालय कर्मचारी परिषद बारेकोटको नयाँ कार्य समिति चयन गरेको छ । उक्त नयाँ कार्य समितिको उपाध्यक्षमा माया सिंह, सचिवमा पृर्थीराज महतरा रहेका छन् ।










