दुबईमा मृत्यु भएका रोल्पाका जिबन केसि परिवारलाई राँक प्रबासी सेवा समाज कतारको सहयोग।

नबराज पुन मगर
राँक प्रवासी सेवा समाज दोहा कतारले दुबईमा मृत्युु भएका जीवन के सि परिवार लाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ। वैदेशिक रोजगारको शिलशिलामा युएई पुगेका सुकिदह गाउपालिका वडा न ६ साबिकको राक २ रोल्पाका जीवन के सि को २०७४ असोज मा युएई मा असहमाहिक निधन भएको थियो। घरमा रहेका स-साना बालबच्चा हरुको पढाइ मा थोरै भएपनी राहत पुर्‍याउने हेतुले सस्थाले ४० हजार रकम सहयोग हस्तान्तरण गरेको हो। मृतक के सि को २ साना छोरी र १ छोरा छन।

पृथ्वीनारायण मा बि जायचौर को प्राङ्गणमा एक कार्यक्रम गरि सो रकम मृतक परिवार लाइ हस्तान्तरण गरेको हो।कार्यक्रममा राँक प्रवासी सेवा समाज कतार का सल्लाहकार सुरेन्द्र कुमार वलि, सद्स्य धिरेन्द्र कुमार वलि, घनश्याम वलि, नरेश महर त्यसैगरी सुकिदह गाउपालिका वडा न ७ का वडा अध्यक्ष तुल बहादुर घर्तिमगर सोही गाउपालिका वडा न ६ का वडा अध्यक्ष वीर बहादुर वलि, जीवन ज्योती मा बि राक का शिक्षक देबराज वलि ओसिस युवा क्लब का अध्यक्ष लक्ष्मण बुढा मगर, स्थानिय व्यापारी बुद्धिजीवी हरु टोप बहादुर वलि, खगेन्द्र वलि, प्रेम सिंह बुढा, निमराज पुन रत्न बहादुर पुन, डम्बर बहादुर पुन लगायतको उपस्थिती रहेको कार्यक्रम को सन्चालन सस्थाका महासचिव दिपेन्द्र पुन मगर ले गर्नु भएको थियो।





error: Content is protected !!