जनताको समृद्धि र बिकाशकाे चाहानालाई सम्मान गरियोस -प्रकाश सिंह ।


प्रकाश कुमार सिंह

नेपाली जनताले बषौ पछि कम्युनिस्टहरुकाे नेतृत्वमा स्पष्ट बहुमत सहितको सरकार निमार्ण गर्ने सुबर्ण अवसर दिएका छन ।
कम्युनिस्टहरू सडकमा हुदा सबैभन्दा क्रान्तिकारी र परिवर्तनका सम्बाहकका रुपमा अाफुलाइ अग्रपंक्तिमा स्थापित गर्दै अाएका छन ।
नेपालकाे सन्दर्भमा भन्ने हो भने कम्युनिस्ट हरुले नै सबैभन्दा बढि उत्पिडित जाति समुदाय र क्षेत्रका कुरा उठाएका छन ।
अझै यसलाई स्पष्ट भाषामा भन्ने हो भने नेपाली जनयुद्धले नेपालमा दबिएर बसेका उत्पिडित समुदाय क्षेत्र र जातिका कुरा सबैभन्दा बढि चर्चा मात्र नगेरेर यो देशका साझा बिषय र बैधानिक रुपमा सँबिधानका मुल दस्तावेजमा नै ग्यारेन्टी भएका छन ।
अब समाबेसिता सामानुतिक पिछडिएका समुदाय पिछडिएको क्षेत्र अल्पसंख्यक जाति महिला दलित र विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित भएको छ ।
यो नेपाली जनताको पटकपटक अान्दोलन र क्रान्ति मार्फत प्राप्त भएको जनयुद्ध र ६२/६३ अान्दोलनकाे ठुलो उपलब्धि हो । यो उपलब्धि पछिल्लो समयमा ब्यक्ति पछाडि दौडिन खाेज्दै छ यसलाई सँस्थागतगर्नुपर्छ ।
र ज जसले पाउनुपर्ने हो यसलाई पुर्‍याउनु पर्छ । यसलाई जसका निम्ति ल्याइएको हो ।
उनिहरुकै हितमा सहि अर्थमा प्रयाेग गरिनुपर्छ ।

नेपालकाे इतिहासमा २००७ देखिको पटक पटक काे अान्दोलनबाट नेपाली जनताले राजतन्त्रको अन्त्य मात्र होइन । जनताले चुनेका प्रतिनिधि मार्फत
संविधान सभाबाट संविधान जारि गरेर देशलाई अार्थिक समृद्धिकाे बाटोमा लैजान समाजबाद उन्मुख प्रष्ट राेडम्याप तयार पारेर
देशलाई बिकाश र अार्थिक समृद्धिकाे बाटाेमा लैजान गरिएकाे प्रदेश तथा सँगिय सँसदकाे चुनावमा बामपंथी गठबन्धन अर्थात ( कम्युनिस्ट) हरुलाई बहुमत दिएका छन ।
अब यसलाई इमानदारीपूर्वक लागु गर्नुपर्छ ।
नेपाली जनता काे प्रधानमन्त्री बन्छ । काे राष्टपति बन्छ । काे मन्त्री बन्छ । भन्ने चासो राख्दैनन ।
नेपाली जनता अब बन्ने सरकारले शान्ति समृद्धि बिकास र स्थाइत्व दिन्छ कि दिदैन भन्ने बिषयमा चासो राख्छन । त्यसैले जनताको अमुल्य मतको कदर गर्दै सयुक्त बाम गठबन्धनले यी जनताका चिन्ता र चासोको बिषयलाई सम्बाेधन गर्न अब कुनै पनि हालतमा अल्मल गर्नु हुदैन । किनकि जनता बिकाश चाहान्छन राष्ट्रकाे प्रगति चाहान्छन ।

सँधै सरकार बन्ने र भत्किने सरकारकाे अन्त्य चाहान्छन ।युवाहरु देशमा राेजगार चाहान्छन । त्यसैले यी कुराकाे ग्यारेन्टी गर्न प्रष्ट भिजन सहितको स्थिर सरकारबाट मात्र सम्भब छ ।यो सरकार एमाले र नेकपा माअाेबादी केन्द्र काे सयुक्त गठबन्धनको सरकारबाट मात्र सम्भब छ । जसका लागि जनताको अमुल्य मत हो ।

यो कुनै कुर्सी र अाफ्नाे ब्यक्तिगत स्वार्थका लागि होइन । खबरदार जनताको अमुल्य मतको अपहेलना गर्न मिल्दैन । यदि फेरि जनताको मतको कदर गरिएन र राष्ट्रलाई बिकासकाे गतिमा लगिएन भने फेरि एक पटक जनताका बिकाश र परिवर्तनको चाहानामा धाेका बाहेक अरु केही हुने वाला छैन ।
यहाँ सिङ्गो राष्ट्रकाे हित र प्रगति साेच्ने बेला म मेरो पाटि मेरो स्थान मात्र कदापि हेरिनु कुनै पनि हालतमा हुदैन ।

कमरेड प्रचण्ड र कमरेड केपि अाेलिलाइ एक पटक इतिहास रच्ने जिम्मेवारी सम्पिएका छन । त्यो पूरा गर्न अब कुनै कसर बाँकी राखिनु हुदैन । इतिहास लेख्ने र राष्ट्र निमार्ण गर्न जिम्मेवारी सँधै अाउदैन । यो समयको सहि सदुपयोग गरौ ।
जसरी पृथ्वीनारायण साहले नेपाल एकीकरण गरेर अाफ्नाे नाम इतिहासका पानामा स्वर्णिम अक्षरले लेखाए बि पि काेइरालाले प्रजातन्त्र स्थापनामा याेगदान गरे । त्यसै प्रचण्डले राजतन्त्रको अन्त्य र गणतन्त्रकाे स्थापनामा याेगदान गरे ।

अब फेरि कमरेड के पि अाेलि र कमरेड प्रचण्ड मिलेर नेपालकाे समृद्धि बिकाश प्रगतिको नेतृत्व गर्ने बेला अाएकाे छ ।
यो समय सामान्य बिषयमा अल्झिने बेला होइन । दुनियाँमा भएका बिकाश समृद्धिका हेरेर होइन ।अाफ्नै देशमा बिकाश समृद्धि गरेर अगाडि बढ्ने बेला हो ।

एउटा राजनेता भन्ने समय हो । समृद्धि र बिकासकाे नेतृत्व गर्ने समय हो । नयाँ इतिहासमा लेख्ने समय हो ।
यदि स्वार्थ नै हो भने राष्ट्रिय स्वाधीनताकाे रक्षा हिमाल पहाड र तराईलाई एकताबद्ध राख्ने कुरामा गरौ ।
सिङ्गो कम्युनिस्ट एक ढिक्का भएर अगाडि बढ्ने सँकल्प गरौ ।
जनताको मतलाई सम्मान गर्दै राष्ट्रकाे प्रगतिमा अगाडि बढौ जय राष्ट जय देश । सकरात्मक साेचौ प्रगति र समृद्धि राेजौ ।
युवाको अावाज परिवर्तन र बिकाशकाे पक्षमा।

-प्रकाश कुमार सिंह

जाजरकोट





error: Content is protected !!