डोल्पाका विद्यालयरु वन्द

डोल्पा , डोल्पाका सवै विद्यालयरु वन्द भएका छन् । हिउंदे बिदा भएका कारण विद्यालय वन्द भएका हुँन् ।
फल्गुनमा मात्र विद्यालय सञ्चालनमा आउने छन् ।
नेपाल सरकारले पनी हिमाली जिल्लाहरुमा हिउंदे बिदा र अरु जिल्लाहरुमा बर्खे बिदा गर्दै आएको छ । हिमाली जिल्लाहरुमा शैक्षिकसत्र फाल्गुणमा सुरु हुन्छ भने अरु जिल्लाहरुमा शैक्षिकसत्र बैशाख बाट सुरु हुदै आएका छन ।
हिमाली जिल्लामा बढि जाडो हुने भएकोले जाडो बिदा गरिएको र अरु जिल्लाहरुमा बर्खाको समयमा बढी पनी पर्ने भएकोले बर्खे बिदा हुदै आएका छन । नेपाल सरकारको माताहातको बिद्यालयमा यसरी बिदा हुदै आएको डोल्पा स्थित मष्टा निम्न माध्यमिक विद्यालय ल्हां का सहायक प्रधानाध्यापक पवन कुमार डांगी ले बताउनु भएको छ ।










