सिंचाईमन्त्री गौतमले भने –कांग्रेसले तत्काल सरकार छोड्ने निर्णय गर्नुपर्छ

सिंचाईमन्त्री गौतमले भने –कांग्रेसले तत्काल सरकार छोड्ने निर्णय गर्नुपर्छ
काठमाडौं– सिंचाईमन्त्री सञ्जय गौतमले नेपाली कांग्रेसले तत्काल सरकार छोड्नुपर्ने बताएका छन् । कांगे्रस नेता समेत रहेका गौतमले कांग्रेसले तत्काल सरकार छोडेर सशक्त प्रतिपक्षमा बस्नुपर्ने बताएका हुन ।

‘प्रतिनिधिसभा र प्रदेशसभामा जनताले दिएको जनादेशले हामीलाई प्रतिपक्षमा बस्न भनेको छ, त्यसैले हामीले सरकार तत्काल छोड्नुपर्छ ।’ मन्त्री गौतमले भने ।

रिपोर्टर्स क्लबले शुक्रबार गरेको कार्यक्रममा मन्त्री गौतमले मुलुकमा अहिले नयां परिवेश र परिस्थिति सिर्जना भएको बताउदै भने, ‘हामी अब उपर्युक्त समयको प्रतिक्षामा छौं, उपर्युक्त वातावरण बनाएर सरकार छोड्नुपर्छ भन्नेमा हामी छौं ।’

गौतमले एमाले–माओवादी केन्द्रवीच एकता होस् भन्ने पक्षमा आफु रहेको भएपनि दुई पार्टीको एकता भने सजिलै हुने सम्भावना नरहेको उनको दावी थियो ।

एमाले उपाध्यक्ष बामदेव गौतमलाई चुनाव हराएर बर्दियाबाट निर्वाचित सांसद समेत रहेका गौतमले निर्वाचनमा पार्टी संस्थागत रुपमा चल्न नसक्दा पराजय भोग्नु परेको बताए । उनले चुनावको समिक्षा गर्न तत्काल केन्द्रिय कार्य समिति बैठक बोलाउन समेत पार्टी नेतृत्वलाई आग्रह गरे





error: Content is protected !!