सत्ता हस्तान्तरणबारे के भन्छ सरकार ? पूर्णपाठसहित

aचुनावपछि उब्जिएको राजनीतिक अन्यौलता र राजनीति
क जटिलताका बारेमा सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ । आज पत्रकार सममेलन गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मेहनबहादुर बस्नेतले देशको समसामयिक राजनीतिक जटिलताबारे प्रस्ट परेका थिए ।
कार्यक्रममा मन्त्री बस्नेतले वर्तमान सरकारले जिम्मेवारी सम्हालेपछि सपन्न गरेका कार्यहरुको बारेमा प्रष्ट पारेका थिए । उनले स्थानीय तह तथा प्रदेश, प्रतिनिधिसभाको निर्वाचन ताेकेकै समयमा शान्तिपूर्ण तवरले सम्पन्न गर्नु सरकारको सबभन्दा ठूलो उपलब्धी भएको बताए ।
मन्त्री बस्नेतले नयाँ सरकार गठन संघीय कानून अनसार बनाउँनु पर्ने हुँनाले संघीय कानून निर्माण भइनसकेको अवस्थामा नयाँ सरकार गठन प्रक्रिया अघि बढाउँदा कानून सम्मत नहुने धारणा व्यक्त गरे । उनले अाफूहरू सहज सत्ता हस्तान्तरणकाे वैधानिक खाेजीमा रहेकाे बताए ।










