त्रिपुराकोटमा वडा कार्यालय उद्घाटनको अवसरमा ज्येष्ठ नागरिकलाई न्यानो कम्बल बितरण

दुनै(डोल्पा) २ पौष
स्थानीय तहको निर्वाचन सम्पन्न भएको झण्डै सात महिना पछि बल्ल त्रिपुरासुन्दरी नगरपालिकाको १ नं को वडा कार्यालय औपचारीक रुपमा संचालनमा आएको छ ।
त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र भएको वडा नं १ त्रिपुराकोट बगरमा वडा कार्यालय औपचारीक उद्घाटन भएपछि वडा कार्यालय औपचारीक रुपमा संचालनमा आएको हो ।
वडा कार्यालय निश्चित ठाउँमा नहुँदा वडा नं १ का नागरिकहरु वडा सचिव र अध्यक्षलाई सार्वजनिक बाटो र होटलहरुमा चाहार्दै हिडनु परेको अवस्थामा कार्यालय संचालनमा ल्याइएपछि सरकारी सेवा लिनलाई सर्वसाधारणलाई सहजहुने आशा गरिएको छ ।
११ वटा वडा रहेको त्रिपुरा सुन्दरी नगरपालिकाका अन्य दश वटा वडामा औपचारिक रुपमा वडा कार्यालयहरु संञ्चालनमा आउन सकेका छैनन् ।
सबै वडा का अध्यक्ष तथा सचिवहरुले अनौपचारीक रुपमा सम्पुर्ण सरकारी सेवा सुविधाहरु सम्बन्धित वडाबाटै दिईरहेको र आउने फागुन महिना भित्रै दश वटै वडाहरुमा औपचारीक रुपमै कार्यालय स्थापना गरेर सेवालाई प्रभावकारी बनाउने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हिराचन्द्र धरालाले बताउनुभयो ।
वडा कार्यालयको उद्घाटन उक्त नगरपालिकाका मेयर ओम बहादुर बुढाले गर्नु भएको थियो ।
वडा कार्यालय उदाटन गर्दै मेयर ओमबहादुर बुढाले प्रत्येक नागरिकले सिंहदरबारको अधिकार आफ्नै घरआगनबाट पाउने अबसर पाएको बताउदै निर्वाचित प्रतिनिधिहरुले कोही कसैलाई आग्रह पुर्वाग्रह नराखि सर्बसाधारणलाई सेवा प्रवाहगर्न आग्रह समेत गर्नुभयो ।
ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण
वडा कार्यालय उदघाटनको अवसर पारेर वडा नं १ भित्रका ७० वर्ष पुगेका २५ महिला र १७ पुरुष गरि ४२ जना बृद्ध बृद्धालाई सम्मान स्वरुप न्यानो कम्बल बितरण गरिएको थियो ।
७५ वषीय बृद्द बिष्णुरुद्द उपाध्यायले खुशिका कम्बल बुझ्दै सरकारले आफुहरुलाई सम्मान स्वरुप पटक पटक न्यानो कपडा कम्बल र आर्थिक भत्ता समेत दिन थाले पछि बृद्धबृद्धालाई जीवन निर्वाहमा सहज भएको बताउनुभयो ।
एकल महिला चाउरी सर्केनीले आफ्ना पति परलोक भएको ९ वर्ष भएको र आफ्ना छोराबुहारीले अनेक गालीगलौज लगाइ रहेको बेला सरकारले उपलब्ध गराउदै आएको बृद्दभत्ता र वडा कार्यालयले पटक पटक बितरण गर्दै आएको कपडा कम्बल ज्याकेटले आफुलाई एक्लो महशुस नभएको आभास दिलाउने गरेको बताउनुभयो ।
यसै गरि साबिकको गाबिस हुँदाको अवस्था र हालको नगरपालिकाको संरचना हुँदा पनि लामो समय सम्म जनता र कार्यालय काममा उत्कृष्ट सेवा गरे वापत वडाका सहायक लेखापाल हरिचन्द्र हमाल र कार्यालय सहयोगी देबसिंह थापालाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
वडा अध्यक्ष कर्मसिंह थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बिभिन्न राजनीतिक दलका प्रमुखहरु कार्यालयका प्रमुख नागरिक समाज र संचारकर्मीहरुको बाग्लो उपस्थिती रहेको थियो ।

भेरीखवर संवादाता





error: Content is protected !!