गाउँ, गाउँमा सडक सञ्जाल जोड्दै त्रिवेणी नलगाड नगरपालिका

जाजरकोट । त्रिवेणी नलगाड नगरपालिकाको वैरीताल देखि तल्लु सम्म यातायातका साधनहरु चलाउन औपचारिक उद्घाटन भएको छ ।
मेयर टेकवहादुर रावलले सुक्रवार वेलुका एक कार्यक्रमका वीच यातायात सञ्चालनका लागि रिवन काटेर औपचारिका दिनुभएको हो ।
रुकुमको चिसापानी देखि राडि सम्म यातायातका साधनहरु चल्ने भएपनि जाजरकोट खण्डमा यातायातका साधनहरु सडक नहुँदा चल्न सकेका थिएन््न । नगरपालिकाले सडक निर्माण गरि सुक्रवारवाट औपचारिक रुपमा यातायातका साधनहरु चल्न थालेका छन् । वैरिताल — तल्लु यातायात सञ्चालन भए संगै त्रिवणी नलगाड नगरपालिकाकोे विभिन्न गाउँमा सडक निर्माण र मर्मत कार्य जारी रहेको मेयर रावलले वताउनुभयो ।
वैरिताल कैना , कार्यखेत जिकुवा, कालिमटी लहँ, लगाएतका दर्जन ठाउँमा सडक निर्माण कार्य जारी रहेको रावलले वताउनुभयो । यो ठाउँमा सडक सञ्जालले जोडेसंगै कालमिटी , दल्ली, लहँ र डाडागाउँका सवै वडा वस्तीमा दैनिक अतिआवश्यकिय सामग्री विक्री वितरण , लिन समेत सहज हुँने वडा नं ३ का वडा अध्यक्ष प्रचण्ड ओलीले वताउनुभयो । वारेकोट गाउँपालिकाका स्थानीयलाई समेत सहज हुँने देखिन्छ । (रासस)










