पार्टी एकता र सरकार गठन सँगसँगै टुंग्याइने

काठमाडौं, मंसिर २९ । नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भएको भटवार्ता सम्पन्न भएको छ ।

निर्वाचनपछि प्रचण्ड र ओलीबीच आज पहिलो पटक छलफल भएको हो । शुक्रबार दिउँसाे काठमाडौंमा भएको छलफल अनौपचारिक र असधै सकारात्मक भएको बताइएको छ । दई नेताहरुबीच पार्टी एकताको विषयलाई सकेसम्म छिटो टुग्याउने र सरकार गठनका विषयमा छलफल भएको हो ।

दुई नेताहरुबीच चुनावी नतिजा र पछिल्लो राजनीतिका विषयमा छलफल भएको बताइएको छ । साथै प्रचण्ड र ओलीबीच राष्ट्रिय सभा गठनका विषयमा पनि छलफल भएको बताइएको छ ।

चुनावी नतिजापछि सत्ता हस्तान्तरणमा प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न बखेडा झिक्दै सत्ता लम्ब्याउन खाजेपछि यस विषयमा पनि उनीहरुबीच छलफल भएको बताइएको छ ।

त्यस्तै राष्ट्रियसभा गठन र सत्ता हस्तान्तरणका विषयमा कानुनविदसँग छलफल गरेर अगाडि जाने सहमति भएको छ ।

अब छिट्टै पार्टी एकताको विषयमा शीर्ष नेताहरुबीच औपचारिक छलफललाई घनिभूतरुपमा अगाडि बढाएर छिट्टै टुंगोमा पुग्ने सहमति भएको बताइएको छ





error: Content is protected !!