जाजरकोट महोत्सव हुँने

जाजरकोट , २९ मंसिर (रासस) ः जाजरकोटमा पुष १२ गते देखि दोस्रो जाजरकोट महोत्सव कृषि पर्यटन तथा व्यापार मेला लाग्ने भएको छ । सदरमुकाम खलंगा स्थित त्रिभुवन माध्यमिक विद्यालयको प्रांगणमा दोस्रो जाजरकोट महोत्सव लाग्ने भएको हो । “कला, संस्कृति, पर्यटन, कृषि उत्पादन र औद्योगिकरण हाम्रो अभियान–आत्मनिर्भर स्वाभिमानी र समुन्नत जाजरकोटको निर्माण” भन्ने मुल नाराका साथ ५ दिन सम्म महोत्सव लाग्ने भएको छ ।

उद्योग वाणिज्य संघ जाजरकोटको आयोजना तथा भेरी नगरपालिकाको सह–आयोजनामा १२ गते देखि १६ गते सम्मा महोत्सव लाग्ने उद्योग वाणिज्य संघका अध्यक्ष कर्ण बहादुर खत्रीले जानकारी दिनु भयो । त्यस्तै जिल्ला समन्वय समिति , बिभिन्न सरकारी तथा गैरसरकारी निकायहरु र व्यापारीहरुको महोत्सवमा प्रायोजन रहने छ । यस्ले जिल्लाका पर्यटकिय र औद्योगिक तथा व्यापारीक महत्वका बिषय र क्षेत्रको प्रचार प्रसार सहित ग्रामीण अर्थतन्त्रको आधारको रुपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

महोत्सव लाग्ने क्षेत्र भित्र बिभिन्न स्टलहरुको व्यवस्था गरिने र करिव एक सय भन्दा बढि कृषक तथा उद्यमीहरुको सहभागीता रहने आयोजकले जनाएको छ । करिव ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने जनाएको छ । महोत्सवका आकर्षकको रुपमा लोपउन्मुख तथा पौराणिक पहिचान झल्काउने झाँकीहरु, स्थानीय बाजागाजा तथा संस्कृतिक लोक नृत्यहरु रहने छन् । मेलामा जिल्लामा पाइने वहुमुल्य पत्थर, जडिबुटि, फलफुल, गाभा, सरु तथा छेडागाडका माछा, राडिपाखी घरेलु उत्पादन पनि प्रर्दशन गरिने भएको छ ।

त्यस्तै स्थानिय तथा राष्ट्रिय स्तरका बिभिन्न कलाकारहरुको संस्कृतिक प्रस्तुति रहने अयोजकले जनाएको छ । चर्चीत लोकदोहोरी गायक बद्रि पंगेनी, पशुपति शर्मा, जानकी तारनी मगर लगायतका थुप्रै राष्ट्रिय कलाकारको प्रस्तुति रहने छ । अहिले महोत्सवको तयारीलाई तिव्रता दिइएको महोस्सव सचिवालय समितिका सचिव दिपेन्द्र शर्माले जानकारी दिनु भयो ।
हेमन्त के सी ———





error: Content is protected !!