नमुना नगरपालिका वनाउँन जुट्दै नगरवासी


हेमन्त के सी
जाजरकोट ः त्रिवेणी नलगाड नगरपालिकाका नगरप्रमूख टेकवहादुर रावल र कर्मचारीहरु विहानै वाटो , घर आँगन सफा गदै हिडेको देख्दा सवैले पहिले पहिले अनौठो मान्ने गर्दथे । आज भोली नगरप्रमूख रावल सहित कार्यकारी अधिकृत सुरेन्द्र सिंह पनि सवै वडाका जनप्रतिनिधी सहित गाउँलेहरुलाई जम्म गरि फोहोर सफा गर्दा एक गाउँको सिको अर्को गाउँमा हुँन थालेको छ ।

रावल निर्वाचि भए लगत्तै कालीमटी वजारवाट सरसफाई अभियान आफैवाट सुरु गरेका थिए । अहिले यो अभियान नगरपालिकाको सवै ठाउँमा एकले अर्कालाई उछिन्दै हुँने गरेको छ । गाउँ ,गाउँ अनि वाटोमा फोहोर सुरक्षित राख्नका लागि डसविनको व्यवस्था गरिएको छ । डसवीन वाहेक अन्य ठाउँमा फोहोर फाँक्नेलाई नैतिक रुपमा कारवाही हुँने गरेको स्थानीयले वताएका छन् । गाउँमा फोहोर भएको देख्न वित्तिकै आफै लाज लागेर आउँने त्रिवेणी नलगाड नगरपालिका ८ का हरीवहादुर खत्रीले वताउनुभयो । विहानै खवरै नगरी नगरप्रमुख सरसफाई अनुगमण गदैँ आईपुग्नुुहुन्छ । अन्य कर्मचारीहरु पनि सरसफाई मुख्य आधार हो भन्दै वढी चाँसो दिनुहुन्छ खत्रीले भन्नुभयो । गाउँ गाउँमा सरसफाई समिति र व्यवस्थापन समिति गठन भएका छन् । यहाँका सवै विद्यालयमा सरसफाईको अवस्था र खानेपानिको अवस्था कस्तो छ भनी विद्यालयका प्रधानाध्यापकलाई नगरप्रमख रावलले फोन गरि सोध्ने र अनुगमण गर्दा साँचिकै नमुना त्रिवेणी नलगाड नगरपालिका वन्ने देखिएको त्रिभुवन उच्च मावि दल्लीका शिक्षक पुर्णवहादुर गुरुगले वताउनुभयो । उमेरले पनि जिल्लाका सवै प्रमूख भन्दा पाको मानिएका रावलले जनयूद्ध कालमा जनसरकार प्रमूख भएर काम चलाउदै शान्ति कालमा आएपनि नेकपा माओवादीको जिल्ला संयोजक समेत चलाईसकेको अनुभव छ ।

शिक्षक जागिर छाडेर राजनीतिमा होमिएका रावलले भने पैसा कमाउने भए म शिक्षक नै हुँने थिए , समाज सुधार गर्न म राजनीतिमा आएको हुँ । मासिक रुपमा हुँने नगरपालिकाको वैठकमा सवै भन्दा वढी सरसफाईकै कुरा उठ्ने गरेको कार्यकारी अधिकृत सुरेन्द्र सिंहले वताउनुभयो । सामाजिक सुरक्षा भत्ता वितरण देखि गाउँमा सामान्य विरामी भएको सुन्दा डाक्टर , औषधी लिएर पुग्ने कार्यकारी सिंह र मेयर रावल जनताको मनमा वस्न सफल भएका छन् ।










