जन्मदिनकाे अवसरमा डाेल्पाका पत्रकार न्यौपानेले गरे अनाथलाई शैक्षिक सामाग्री वितरण

दुनै डाेल्पा २६ मंसिर
डाेल्पाका रास्टिय समाचार समिती प्रतिनिधि ,नयाँ पत्रीका सहकर्मी ,ए बि सि टेलिभिजनका डोल्पा सहकर्मी पत्रकार रामचन्द्र न्याैपानेले जन्म दिनकाे अवसरमा अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयाेग गरेका छन् ।
त्रिपुरा सुन्दरी नगरपालिका अन्तरगत वडा नं १ बगरमा रहेकाे मदरल्यान्ड फाेक्सुन्डाे एकेडेमीमा अध्यनरत ७ जना अनाथ बालबालिकालाई कापी,कलम,पेन्सिल लगायतका शैक्षिक सामाग्री बितरण गरेका हुन ।
उक्त नगरपालिकाको वडा न १ मा बस्ने दिलबहादुर विष्टले अाफ्नै घरमा एकल रुपमा अनाथ बालबालिकालाई खाने बस्ने लत्ताकपडा शैक्षिक सामाग्री लगाएका सम्पूर्ण व्यबस्था गर्दै अाएका छन् ।
उनिहरुलाई एकल हिसाबमा सम्पूर्ण ब्यबस्थापन गर्न समस्या भएकाले सहयाेगका लागि सबैलाई अनुराेध समेत गरेका छन् ।
संसारकाे सबैभन्दा ठुलाे धर्म भनेकाे अनाथ असहाय लाई सहयाेग गर्नु नै रहेकाे पत्रकार न्याैपानेले बताए ।साथै आफू जस्तै अन्य सहयोगी दाताले पनि सहयोग तथा सहयोग पहल गरिदिन अनुरोध गरेका छन।










