सांसदलाई सम्मान थाप्न भ्याईनभ्याई

जाजरकोट ः यहाँका नवनिर्वाचित सांसदलाई सम्मान थाप्न भ्याई,नभ्याई भएको छ । दैनिक ४ भन्दा वढी कार्यक्रमको आयोजना गरि विभिन्न निकायले सम्मान तथा वधाई दिईरहेका छन् ।
निर्वाचित भए लगत्तै सम्मानका लागि विभिन्न ठाउँवाट निम्ता आएपनि सहिद स्मृतिमा पुगेर सहिदलाई सम्झेर अन्य कार्यक्रममा लागेका यहाँका सांसदलाई आज , भोली दैनिक ४ भन्दा वढी कार्यक्रम दैनिक सम्मानकै लागि हुँने गरेका छन् । मंगलवार विहान मात्र प्रेस सेन्टर र प्रेस चौतारीले अनि खलंगा वृहत खानेपानिले सम्मान गरेका छन् । सोमवार ६ ठाउँमा सम्मान तथा वधाईका कार्यक्रम सम्पन्न भएका थिए । वुधवार देखि जिल्लाका दल्ली र थलहमा भोट हालेर विजय वनाउने जनतालाई धन्यावाद दिने कार्यक्रम रहेको प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले जानकारी दिनुभयो । मंगलवार विहानै देखि चिसो वढेपनि विभिन्न कार्यक्रम जारी रहेका छन् ।
सम्मान कार्यक्रममा वोल्दै यहाँका सांसदले जनताको अधिकार र जाजरकोटको मुहार वदल्नका लागि जिम्मेवारी आफुले पाएको पुर्व गृहमन्त्री तथा प्रतिनिधीसभा सदस्य शक्तिवहादुर वस्नेतले वताउनुभयो । अवसर र चुनौति दुवै आफ्नो काधमा आएको वताउँदै वस्नेतले जिल्ला सम्वृद्ध वनाउनका लागि साझा संकल्प जरुरी रहेको वताउनुभयो । हरेक समय महत्वपुर्ण हुँने भएकाले सधै नयाँ कुराको खोजी र आशावादी हुँनुपर्ने अर्का सांसद गणेसप्रसाद सिंहले वताउनुभयो ।
हेमन्त के सी ———










