कास्की १ मा पुर्ब स्बास्थ्य मन्त्रि अधिकारिले गरे बहालबाला कानुन मन्त्रिलाई पराजित गरे

रोहितराज पराजुली कास्की

प्रतिनिधी सभा क्षेत्र नम्बर १ कास्कीमा पुर्ब मन्त्रिले बहालबाला मन्त्रिलाई पराजित गरेका छन । पुर्ब स्बस्थ्य मन्त्रि एमालेका खगराज अधिकारिले बहालबाला कानुन मन्त्रि यज्ञ बहादुर थापालाई
६ हजार ४ सय १६ मतले पराजित गरेका हुन ।
बिजयी अधिकारिले ३२ हजार २ सय ४२ र निकटतम थापाले २५ हजार ८ सय २६ मत ल्याएका थिए ।

यस पटकको सगै अधिकारी पाँचौ पटक र थापा तेस्रो पटक हो भन मैदानमा उत्रेका हुन । जस्मा अधिकारि २ र थापा १ पटक बिजयी भएका छन । यस अघि अधिकारी ०५१ सालमा र थापा ०७० मा गरि १÷१ पटक बिजय भएका थिए । यस पटकको निर्बाचमा दुबै जना दोस्रो जितको खोजिमा रहेकोमा अधिकारि बाजि मार्न सफल भएका हुन ।

यस अघि ०६४ सालको निर्बाचनमा अधिकारि र थापा सोहि क्षेत्रमा भिडेका थिए । उनिहरु दुबैलाई पराजित गदै माओबादिका देब गुरुङले सो क्षेत्रबाट बाजि मारेमा थिए भने मतका आधारमा अधिकारि द्रोसो र थापा तेस्रो स्थानमा रहेका थिए । बिजयी गुरुङले १७ हजार ४ सय ९ मत ल्याउदा अधिकारिले १४ हजार ८ सय ८६ र थापाले १४ हजार २ सय ९६ मत ल्याएका थिए ।

अधिकारि ०४८, ०५१, ०५६ र ०६४ सालमा लगातार उम्मेदबार बनेका थिए । ०५१ सालमा काग्रेसका तारानाथ रानाभाट २० हजार ४ सय १६ मत ल्याएर बिजयी हुदा अधिकारिले १८ हजार ६ सय ८३ मत ल्याएका थिए । ०५१ मा अघिल्लो पटकको नतिजा उल्टाउदै अधिकारिले रानाभाटलाई पराजित गरेका थिए । १९ हजार ९ सय ६५ मत ल्याएर अधिकारि बिजयी हुदा निकटतम रानाभाटले १८ हजार ७ सय १४ मत ल्याएका थिए । ०५६ सालमा तेस्रो पटक रानाभाट र अधिकारि भिडेकोमा अघिल्लो दुइ पटकको भन्दा बढी मत अन्तरले रानाभाटले बाजि मारेका थिए । रानाभाट २३ हजार ९ सय ३९ बिजयी हुदा अधिकारीले २० हजार १ सय ३६ मत ल्याएका थिए । ०६४ मा माओबादिका देब गुरुङ १७ हजार ४ सय ९ मत ल्याएर जियी हुदा अधिकारिले १४ हजार ८ सय ८६ मत ल्याएका थिए ।

यसै गरि ०७० सालमा थापाले एमालेका उम्मेदबार मान बहादुर जिसीलाई २ सय ७२ मत अन्तरले पराजित गदै बिजयी भएका थिए । बिजय थापाले १५ हजार ८ सय ३२ मत र जिसीले १५ हजार ५ सय ६० मत ल्यााएका थिए भने माओबादीका उम्मेदबारले ६ हजार ४ सय ७५ मत ल्याएका थिए ।
जित पछि अधिकारिले आफु यस क्षेत्रको बिकास र आर्थिक सम्बृद्धीका लागि काम गर्ने बताउदै जिल्लालाई जलबिधृत, कृषि ,पर्यटन र खेलकुदको शहरको रुपमा बिकास गर्ने बताए । उनले श्रम, सिप र रोजगारिको ग्यारेन्टि गरि कास्कीलाई देशको पहिलो नमुना जिल्ला बनाउने दाबि समेत गरे ।
सोहि क्षेत्रको दुबै प्रदेशमा बाम गठबन्धका उम्मेदबार बिजयी भएका छन
क्षेत्र नम्बर १ प्रदेश क

कास्की क्षेत्र नम्बर १ को प्रदेश क मा माओबादिका दिपक कोईराला बिजयी भएका छन । कोईराला १८ हजार ७ सय २७ मत ल्याएर बिजयी हुदा निकटम नेपाली काग्रेसका निर्बतमान सभाषद समेत रहेका जीबन परियारले १५ हजार ८१ मत ल्याएका थिए । सो क्षेत्रमा ३६ हजार ९ ३३ जनाले मतदान गरेका थिए । बिजयी कोईराला माओबादी कास्कीका अध्यक्ष समेत हुन ।

क्षेत्र नम्बर १ प्रदेश ख

एमाले कास्कीका उपाध्यक्ष समेत रहेका मानबहादुर गुरुङ १७ हजार २ सय ४१ मत ल्याएर क्षेत्र नम्बर १ प्रदेश ख बाट बजयी हुदा निकटतम नेपाली काग्रेस कास्कीका सभापती समेत रहेका कृष्ण केसीले १३ हजार २ सय १ मत ल्याएका थिए । यस क्षेत्रमा ३२ हजार २ सय ३० मत खसेको थियो ।





error: Content is protected !!