सहिदलाई भेट्न सहिद स्मृतीमा पुगे जनप्रतिनिधी

हेमन्त के सी
जाजरकोट , यहाँका प्रतिनिधी सभा सदस्य र प्रदेशसभा सदस्यहरुले विजय हुँन वितिकै सहिद स्मृती भवनमा पुगेर सहिदको सपना पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
आईतवार विहान भेरी नगरपालिका वडा १ रिम्ना स्थित सहिद स्मृतीमा गएर प्रतिनिधीसभा सदस्य तथा पुर्व गृहमन्त्री शक्तिवहादुर वस्नेत , प्रदेशसभा क का सदस्य गणेसप्रसाद सिंह , ख का सदस्य करवीर शाहीले सहिदको सपना पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । भेरी नगरपालिका वडा १ रिम्नाका मात्र २७ जनाले जनयूद्धकालमा ज्यान गुमाएका थिए । नेकपा (माओवादी केन्द्र) शान्ति प्रक्रियामा आए लगत्तै रिम्नामा सहिद स्मृती भवन निर्माण गरि जिल्ला भरिका ३ सय वढी सहिदको फोटो संकलन गरि स्मृती भवन निर्माण गरिएको थियो ।
एकै घरमा ५ भन्दा वढी सहिद यहि गाउँमा भएका छन् । सहिद परिवार संग भेटघाट गदैँ प्रतिनिधी सभा सदस्य शक्तिवहादुर वस्नेतले यहाँका छोरा,छोरीले देखाएको वाटोमा निरन्तर लागि रहने वताउनुभयो । जिल्लामा कुनै पनि कार्यक्रम नगरी रिम्ना सहिद स्मृतीमा पुगेका प्रदेश सभा सदस्य र प्रतिनिधीसभा सदस्यले सहिदका आफन्तलाई साँची राखि र सहिदको फोटो माल्यअर्पन गदैँ अन्य कार्यक्रमका लागि आश्रीवाद मागेका थिए । जिल्लाका विभिन्न ठाउँमा विजय उत्साव वनाउने क्रम चलिरहेको छ ।





error: Content is protected !!