अपराजित शक्ति जाजरकोटको ईतिहास तोडियो

हेमन्त के सी
जाजरकोट , २३ मंसिर ः प्रतिनिधीसभा सदस्यमा शक्तिवहादुर वस्नेत ३२ हजार २ सय ८१ भोट ल्याएर विजय भए संगै जाजरकोटको ईतिहास तोडिएको छ ।
दोस्रो पटक कसैले पनि नजित्ने जाजरकोटमा पुर्व गृहमन्त्री समेत रहेका शक्तिवहादुर वस्नेत प्रतिद्धन्दी राजिवविक्रम शाहलाई फराकिलो मतले पराजित गदै यहाँको ईतिहास तोड्नु भएको छ । राजिवविक्रम शाहले २३ हजार २ सय ८१ भोट ल्याएर वस्नेत संग पराजित हुनुभएको थियो । वर्ग संर्घष देखि अहिले सम्म थुपै दुख ,पिडा विचमा फुल फुलाउदै आएका वस्नेत दुई पटक मन्त्री समेत भईसक्नुभएको छ । जाजरकोटवाट माथेल्लो तहको राजनीतिमा पुगेका वस्नेत एक आशा लाग्दा उदयमान यूवा नेताका रुपमा रहनुभएको छ । वावा दण्डवीर वस्नेत र आामा धर्मा वस्नेतका कान्छा छोराका रुपमा रहेका वस्नेत नजाँनिदो तरिकाले राजनीतिमा प्रवेश गरेको वताउनुहुन्छ ।


विए सम्म औपचारिक शिक्षा लिएका वस्नेतले मावि तह देखि नै विद्यार्थी राजनीतिमा नजाँनिदो तरिकाले सक्रिय भएको वताउनुहुन्छ । २०४७ सालमा अखिल जिल्ला अध्यक्ष हुँदै भेरी ज्ञानोदय क्याम्पसको स्ववियू सभापति अनि नेकपा मशालको जिल्ला कमिटिको सदस्य हुँदै राजनीतिमा लागेको वताउने वस्नेतले २०४९ सालमा क्षेत्रिय समिति सदस्य वन्नु भएको थियो । २०४९ सालमै एकता केन्द्रको जिल्ला सचिव भएका शक्ति वस्नेत २०५५ सालमा नेकपा माओवादी को केन्द्रिय सदस्य हुँदै २०५९ सालमा पोलिटव्यूरो सदस्य अनि २०७० सालमा स्थायी समिति सदस्य वन्नु भएको थियो । तत्कालिन जनमुक्ती सेनाको कमिसार समेत भएका वस्नेतले थारुवान , गण्डक क्षेत्रमा लामो समय सम्म प्रमुख भएर काम गनुभएको थियो । २०६८ सालमा स्वास्थ्य मन्त्री र २०७२ सालमा गृहमन्त्री समेत वन्नुभएका वस्नेतले दोस्रो संविधान सभा चुनावमा जाजरकोट क्षेत्र नं १ वाट चुनाव जित्नुभएको थियो ।


अहिले दोस्रो पटक जाजरकोट वाटै प्रतिनिधी सभा सदस्यमा भारी मतले विजय हुनुभएको छ । जाजरकोटवाट केन्दीय राजनीतिमा वस्नेत वाहेक अन्य कुनै नेता पुगको छैन्न । उहाँले निर्वाचित भए लगत्तै शान्तिपुर्ण तरिकाले समाजवादको लक्ष्यमा पुग्नु वताउनुभयो । पाटी एकताको विकल्प नभएको वताउने वस्नेतले अव वाटो एउटै भएको वताउनुभयो । त्यस्तै प्रदेशसभा (क) का वामगठवन्धनका उम्मेदवार गणेसप्रसाद सिंहले १६ हजार ९ सय ११ ल्याएर विजय हुनुभएको छ ।
उहाँले नेपाली काँग्रेसका प्रदेशसभा (क) का उम्मेदवार वेदराज सिंहले १२ हजार ८ सय ७८ ल्याई पराजित गनुभएको हो । जाजरकोट क्षेत्र नं (क) मा ३२ हजार ६ सय ६ भोट खसेको थियो भने कुल मत ४५ हजार ४ सय ७२ मतदाता रहेका थिए ।
सिंह नेकपा (माओवादी केन्द्र)का जाजरकोटको ईन्चार्ज पदमा रहेर काम गदै आउनुभएको थियो ।





error: Content is protected !!