जाजरकोटमा वामगठवन्धनकै अग्रता निरन्तर

जाजरकोट , २२ मंसिर ः जाजरकोटमा मतगणना जारी रहेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार वामगठवन्धनका साझा प्रतिनिधीसभा सदस्यका उम्मेदवार शक्तिवहादुर वस्नेतले ८ हजार ९ सय ३७ र नेपाली काग्रेसको तर्फवाट प्रतिनिधीसभा उम्मेदवार राजिवविक्रम शाहले ६ हजार ३ सय ५१ भोट पाएका छन् ।
त्यस्तै प्रदेश सभा सदस्यका जाजरकोट क्षेत्र क का वामगठवन्धनका उम्मेदवार गणेसप्रसाद सिंहले ८ हजार ५ सय ४४ र कांग्रेस का प्रदेश सभा सदस्यका उम्मेदवार वेदराज सिंहले ६ हजार ४ सय १४ प्राप्त गनुभएको छ ।
त्यस्तै प्रदेश सभा सदस्य जाजरकोट ख का वामपन्थी उम्मेदवार करवीर शाहीले १० हजार १ सय ५५ र नेपाली कांग्रेसका दीपकजंग शाहको ७ हजार १ सय ६ प्राप्त गर्नुभएको छ ।










