जाजरकोटमा राजिव भन्दा झण्डै चार हजार अघि शक्ति बस्नेत।

हेमन्त के सी
जाजरकोट , २२ मंसिर ः जाजरकोटमा मतगणना जारी रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार वामगठवन्धनका साझा प्रतिनिधीसभा सदस्यका उम्मेदवार शक्तिवहादुर वस्नेतले ९ हजार ९ सय १० र नेपाली काग्रेसको तर्फवाट प्रतिनिधीसभा उम्मेदवार राजिवविक्रम शाहले ६ हजार ६ सय ८१ भोट पाएका छन् ।
त्यस्तै प्रदेश सभा सदस्यका जाजरकोट क्षेत्र क का वामगठवन्धनका उम्मेदवार गणेसप्रसाद सिंहले ९ हजार २ सय ८ र कांग्रेस का प्रदेश सभा सदस्यका उम्मेदवार वेदराज सिंहले ६ हजार ७ सय १० प्राप्त गनुभएको छ ।
त्यस्तै प्रदेश सभा सदस्य जाजरकोट ख का वामपन्थी उम्मेदवार करवीर शाहीले १० हजार ८ सय २५ र नेपाली कांग्रेसका दीपकजंग शाहको ७ हजार ४ सय ४६ प्राप्त गर्नुभएको छ । जाजरकोट क्षेत्र १ को ३२ हजार ६ सय ६ मत खसेको थियो भने ४५ हजार ४ सय ७२ जनसंख्य रहेको थियो । क्षेत्र २ को २८ हजार ३ सय ९१ भोट खसेको थियो भने ३८ हजार ४ सय ६५ जनसंख्य रहेको छ । कुल मतदाता ८३ हजार ९ सय ३७ खसेको थियो थियो भने ६० हजार ८ सय ९७ भोट खसेको थियो ।





error: Content is protected !!