प्रतिनिधिसभा रुकुम(पूर्व)मा बामगठबन्धनकी कमला रोका बिजयी

रुकुम(पूर्व) २२, मंसिर ।रुकुप(पूर्व)बाट प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनकी कमला रोका बिजयी भएकी छन् । रोका नेकपा माओवादी केन्द्रका तर्फबाट बामगठबन्धनकी उम्मेदवार बनेकी थिईन । उनले प्रतिद्धन्दि नेपाली कांग्रेसका हरिशंकर घर्तिलाई ६ हजार २८ मतले पराजित गरिन । शुक्रबार बिहान सबेरै सार्वजनिक अन्तिम मतपरिणाम अनुसार रोका १० हजार ४ सय ३४ मत ल्याएर बिजयी भईन । भने कांग्रेसका घर्तिले ४ हजार ४ सय ६ मत प्राप्त गरे । त्यस्तै नयाँ शक्तिका जितमान पुनले १ हजार ४ सय ८९, नेकपा मालेका मोतिराम खड्काले ४ सय ८७, राष्ट्रिय जनमोर्चाका चन्द्रप्रसाद शाहीले ५२ र मंगोल नेशनल अर्गनाईजेशनका रतनवहादुर बुढाले ५८ मत पाए । कुल १८ हजार १ सय १४ मत खसेकामा १६ हजार ९ सय २६ मत सदर भएकामा १ हजार १ सय ८८ मत बदर भयो ।










