दुर्गम गाउँमा समाज सुधारका लागि विद्यार्थीले अभिभावक सम्झाउदै

जाजरकोट हल्चौर , ः त्रिवेणी नलगाड नगरपालिका वडा नं ८ विगत देखि नै भैसी पालन गर्ने र छोराछोरी विद्यालय भन्दा काममा लगाउने आरोप खेपिरहने वडा थियो । अहिले केही वर्ष यत्ता समय फेरिदै जाँदा यहाँका सवै वालवालिका विद्यालय आएर शिक्षा लिने मात्र होईन , गाउँककै यूवाहरु पढेर स्थानीय पंञ्च भयार मावि मा शिक्षक समेत भएका छन् ।
शिक्षाको पहुँच विस्तारै वढ्दै गएको यो गाउँमा वुढा पाकाको अझै पनि आफ्ना पुराना संस्कार र मान्यताहरु छाड्न आँनाकाँनी गरेको यूवाहरु वताउँछन् । अधिकांश यूवती, यूवाको उमेर नपुग्दै मागी विवाह हुँने यो गाउँमा अहिले यहाँका वालवालिकाहरु आफै वालविवाह रोक्नका लागि अभियान सञ्चालन गरिहेको देख्दा अभिवावकहरु सुरु सुरुमा अनौठो मानेपनि अहिले वालवालिकाको सो अभियानलाई साथ दिन थालेका छन् ।
स्थानीय विद्यालयमा वालविवाह रोक्न , प्रजनन स्वास्थ्य , वालमैत्री शिक्षाको विषयमा दैनिक पढाई हुनुका साथै प्रत्यक महिना घर दैलो अभियान समेत सञ्चालन हुँदै आएको छ । साना साना वालवालिकाहरु खुलेरै गाउँमा अभिवावकलाई महिनावारी , प्रजनन स्वास्थ्य, वालविवाह गर्दा हुँने असर का वारेमा जानकारी गराउँदा साँचिकै गाउँमा उमेर छिपिएका र औपचारिक शिक्षा नलिएका अभिवावकहरु अनौठो मान्दै ध्यान दिएर सुनिरहेका हुन्छन् । विस्तारै हल्चौर गाउँमा वालवालिकाकै कारण एक वर्ष यत्ता वालविवाह रोकिएको छ । महिनावारी हुँदा चुलो छुनुहुदैन , दुध दहि खानु हुँदैन भन्ने संस्कारको अन्त्य हुँदै गएको छ ।
त्रिवेणी नलगाड नपा ८ कै विष्णु खत्रीले भन्नुभयो “ पोहोर सालहरुमा हामीले गरेको सवै व्यवहारहरु नराम्रा रहेछन् , त्यसले हामीलाई नै घाटा गरेको रहेछ पेट दुखेमा धामी लाई हेराउने हामी महिलाहरु अव अस्पताल जाँने भएका छौँ ” । विष्णु जस्तै प्रेमा वुढाले भन्नुभयो “ आफ्नै कारणले ठुलो दुख पाएका रहेछौँ , सफा कपडा , दैनिक सरसफाई गर्नुका साथै खानेकुरामा ध्यान दिएमा हामी निरोगी हुनेरहेछौँ ” । उहाँहरु जस्तै आज भोली यहाँका महिला तथा पुरुषहरु प्रजनन स्वास्थ्यका विषयमा खुलेरै छलफल गर्नुका साथै गाउँमा आएका छिमेकी गाउँका मानिसलाई सल्लाह दिने सम्म भएको पंञ्च भयार मावि जिकुवाकी शिक्षिका नन्दा शाही केसीले जानकारी दिनुभयो ।
सुरुमा प्रजनन स्वास्थ्यका विषयमा कुरा गर्न लाज मान्ने , मुख छोपेर वोल्न नमान्ने उहाँका अभिवावकहरु आज ,भोली वालवालिका संगै प्रजनन स्वास्थ्य र वालविवाह न्यूनिकरणका लागि दैनिक कुरा गर्न व्यस्थ भएको शाही केसीले वताउनुभयो । प्रत्यक महिना पंञ्च भयार माविमा दैतरी कक्षा सञ्चालन हुँने गरेको विद्यालयका प्रधानाध्यापक हुमप्रकाश सिंहले जानकारी दिनुभयो । दैतरी कक्षामा वालविवाह रोक्न , नियन्त्रण गर्न , प्रजनन स्वास्थ्य र वालमैत्री सिकाईका विषयमा गाउँमा भएका प्रयास र प्रभावका विषयमा व्यापक छलफल हुँने गरेको छ ।
कक्षामा यो अभियान सञ्चालन गर्दा आएका वाधा ,व्यवधानलाई समाधान गर्न नयाँ तरिकाको विषयमा समेत छलफल हुँने गरेको सिंहले वताउनुभयो । दलितलाई दही , महि, घ्यू दिनुहुन्न , दिएमा देवता लागेर असुभ हुन्छ भन्ने यहाँका स्थानीयहरु आज भोली मिलेर वसेको पाउँदा निकै आफन्दका साथै आफ्नो पन देखा परेको त्रिवेणी नलगाड नगरपालिका वडा नं ८ का जनप्रतिनिधी नरवहादुर विकले वताउनुभयो ।
दलित भन्न वितिकै हेपेरै वोल्नुपर्ने यहाँको पहिलेको समाज विद्यार्थीकै कारण वदलिएको विकले वताउनुभयो । दलित र गैर दलितका विद्यार्थीहरु संगै नास्ता खान्छन् , संगै घर भित्र जाँन्छन् अनि अभिवावक हरु त्यो देखेर आजभोली वदलिएका छन् उहाँले भन्नुभयो । महिला अधिकार मञ्च को आयोजना र वातारणीय कृषि तथा विकास केन्द्र केटको आर्थिक सहयोगमा यो अभियान हुँदै आएको छ ।










