मतपेटिकामा एसिड राख्न खोज्ने महिला जनप्रतिनिधि रहेको खुल्यो

रुकुम (पश्चिम)  आईतबार सम्पन्न पहिलो चरणको प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचन अन्तरगत आठविसकोट नगरपालिका ३ को हिमालय मावि मतदान स्थलमा मतपेटिकामा एसिड खसाल्न खोज्ने जनप्रतिनिधि रहेको खुलेको छ । स्यालाखदीको हिमालय मावि मतदान स्थलमा मतपत्रमा एसिड राखेर मतपेटिकामा खसाल्न प्रयास गर्ने रुपा बिक सोही वडाकी दलित महिला सदस्य रहेको खुलेको हो । उनि पहिलो चरणमा बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएकी थिईन । आठविसकोट नगरपालिकाका प्रमुख गोर्खवहादुर केसीले रुपा जनप्रतिनिधि रहेको बताए । ‘रुपा आठविसकोट ३ की दलित महिला सदस्यमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडा सदस्य हुन, प्रमुख केसीले भने–अरुको उक्साहटमा लागेर उनले त्यस्तो गर्न खोजेको हुन सक्छ ।’ मतपेटिकामा एसिड खसाल्न लागेको भन्दै पक्राउ परेकी रुपालाई सोमबार जिल्ला प्रहरी कार्यालय रुकुम(पश्चिम)मा ल्याईएको छ ।

आईतबार पक्राउ परेकी रुपालाई सोमबार बेलुकी कार्यालयमा ल्याईपु¥याईएको र घटनाका बारेमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए । ‘उनि जनप्रतिनिधि हुन भन्ने हल्ला सुनिएको छ डिएसपी धमलाले भने–उनिमाथि अनुसन्धान भैरहेको छ, अनुसन्धान पछि मात्र घटनाबारे खास कुरो खुल्ने छ ।’ मतपत्रमा एसिड राखेको देखेपछि प्रहरीले उक्त मतपत्र मतपेटिकामा खसाल्न रोकेको थियो । निर्वाचन अधिकृत र कर्मचारीबाट सबै पक्रिया पुरा गरी मतपत्रमा स्वच्तिक छापसमेत लगाई मतपेटिकामा उक्त मत्रपत्र खसाल्न खोज्दा धँुवा निस्किएपछि प्रहरीले उनलाई रोकेको थियो । उक्त मतपत्र भने जलेर नष्ट भएको थियो । सोही तरिका प्रयोग गरेर मतपेटिकामा एसिड हाल्दा जिल्लाका अन्य २ ओटा मतदान केन्द्रको भने निर्वाचन स्थगित भएको छ ।

बाँफिकोट गाउँपालिका ५ को रत्न आधारभुत विद्यालय मतदान स्थलको (क) मतदान केन्द्रको प्रतिनिधिसभा तर्फको मतपेटिका र आठविकोट नगरपालिका ११ को नेपाल राष्ट्रिय मावि गतसैना मतदान स्थलको (ख) मतदान केन्द्रको समानुपातिक तर्फको मतपेटिकामा एसिड खसालिएको थियो । जसका कारण मतपेटिकामा आगो लागेपछि उक्त २ मतदान केन्द्रको प्रतिनिधिसभा र समानुपातिक सदस्यको निर्वाचन स्थगित भएको छ । उक्त घटनामा संलग्न २ जनालाई आईतबारनै प्रहरीले नियन्त्रणमा लिईएको छ । बाँफिकोटको घटनामा संलग्न स्थानीय कल्पना केसी र आठविसकोटको घटनामा संलग्न नेपाली कांग्रेसका तर्फबाट मतदान केन्द्रमा खटिएका प्रतिनिधि केशववहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।





error: Content is protected !!