उदयपुरमा पुन काँग्रेसका उम्मेदवार पूर्वमन्त्री खड्कामाथि बम प्रहार

विदुर कटुवाल
उदयपुर, उदयपुरमा पुन उम्मेदवारमाथि बम प्रहार भएको छ । मंगलबार उदयपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ का नेपाली काँग्रेसका उम्मेदवार समेत रहेका पूर्व सहरी विकास मन्त्री डाक्टर नारायण खड्का माथि माईन बम प्रहार भएको हो ।
त्रियुगा नगरपालीका १० स्थीत बेलदोभानमा आयोजित काग्रेसको चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा खड्कामाथि बाबरीमा अज्ञात समुहले माईन बम प्रहार गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी मेघराज अधिकारीले जानकारी दिए ।
‘खड्का चढेको गाडिलाई लक्षीत गरि बाबरी भन्ने स्थानमा बम प्रहार गरिएको रहेछ,’ उनले भने, ‘खड्का चढेको गाडी आगडी बढिसकेकाले कुनै पनि क्षति भएन, माईन बम भएको पुष्टि भएको छ ।ु
प्रहरीका अनुसार बम प्रहार गर्ने व्यक्ति भागेकाले खोजी कार्या भइरहेको छ । आजै गएको विहानको राती पनि उदयपुर क्षेत्र नम्बर १ (२) का प्रदेशसभा उम्मेदवार हिमाल कार्कीको घरमा अज्ञात समूहले बम विस्फोट गराएको थियो । त्रियुगा नगरपालिका– ७ भन्टाबारीस्थित कार्कीको घरमा हुँदा बमको छर्राले घरसँगै गोठमा बाँधिएका गाईभैँसीलाई लागेको छ । उदयपुरमा निरन्तर रुपमा बम प्रहार हुँदा कस्ले गर्यो भन्ने प्रहरीले पुष्टी गर्न सकेको छैन ।










