दलका प्रतिनिधी र तीनैवटा सुरक्षा निकायले मतपेटिकाको सुरक्षा गर्ने

जाजरकोट= मतपेटिकाको सुरक्षाका लागि जाजरकोटमा तीन वटा सुरक्षा निकाय र दलका प्रतिनिधी खटिने भएका छन् ।
समानुमातिक र प्रत्यक्ष तर्फको मतपेटिकालाई छुट्टा छुट्टै स्थानमा राखेर सुरक्षा दिईने छ । समानुपातिक तर्फको मत पेटिकाहरु वृद्धाश्रममा राखिने र त्यहाँ दलका प्रतिनिधी र शसस्त्र प्रहरी , नेपाली सेना, नेपाल प्रहरी ले सुरक्षा दिईने प्रमूख जिल्ला अधिकारी पुष्पराज शाहीले जानकारी दिनुभयो । त्यस्तै प्रत्यक्ष तर्फका प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्यको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय माथेल्लो थाप्ले मा राखिएको छ । दलका प्रतिनिधी र तीनै वटा सुरक्षा निकायले सुरक्षा दिने शाहीले जानकारी दिनुभयो । सवै दलले मतपेटिका राखेको ठाउँमा ताला लगाउने छन् ।
जाजरकोटका ८५ वटा निर्वाचन स्थलको मत पेटिका सुरक्षाका लागि दलका प्रतिनिधी र स्थानीय प्रशाषणले यस्तो सहमती गरेका हुँन् ।
हेमन्त के सी ———










