हुम्लामा तारा एयरको विमान दुर्घटना, पाइलटसहित पाँच जना प्रहरी घाइते

काठमाडौं । हुम्लाको सिमीकोट विमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको छ ।

विमानस्थलबाट उडान भर्ने क्रममा विमान दुर्घटना भएको प्रदेश नम्बर ६ का प्रहरी प्रमुख एआईजी रणबहादुर चन्दले जानकारी दिनुभयो । दुर्घटनामा पाइलटसहित पाँचजना प्रहरी घाइते भएका छन् ।

निर्वाचन सम्पन्न गरेर प्रहरी लिएर सुर्खेत आउने क्रममा विमान दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरुको सिमीकोटमै उपचार भइरहेको छ । उद्दार जारी छ ।

दुर्घटनामा विमानको अगाडिको भागमा क्षति भएको छ । विमान दुर्घनाबारे थप अनुसन्धान भइरहेको छ भने उद्दारको काम जारी छ





error: Content is protected !!