पहिलो चरणको मतपेटिका राख्ने बारे आयोग नै अनविज्ञ

काठमाडौं ः प्रतिनिधि तथा प्रदेश सभा सदस्यको पहिलो चरणको निर्वाचनअन्तर्गत आगामी आइतबार निर्वाचन हुँदैछ। तर, मतगणना भने दोस्रो चरणको निर्वाचन मंसिर २१ गतेपछि गरिने आयोगले जनाएको छ।

पहिलो चरण निर्वाचनपछिको मतपेटिकाको सुरक्षा व्यवस्था पूर्ण रुपमा मिलाई सकेको आयोगले जनाएको छ। तर, सुरक्षित र उपर्युक्त स्थानमा मतपेटिका राखिने भनिए पनि मतपेटिका कहाँ राख्ने बारे आयोग अनविज्ञ रहेको छ।

जिल्लामा निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतका कार्यालय सदरमुकाममा रहेको छ। पहिलो चरणको मतदान सम्पन्न भएपछि सम्बन्धित मुख्य निर्वाचन अधिकृतहरुको प्रत्यक्ष नियन्त्रण र रेखदेखमा मतपेटिका राखिने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए।

मतपेटिका राखिएको ठाँउमा विधिपूर्वक निर्वाचन आयोगले सिलबन्धी गरिनेछ। उनले भने, ‘राजनैतिक दल र प्रतिनिधिहरुलाई पनि आफ्नो संकेत चिन्न सिलछापमा लगाउने व्यावस्था मिलाइने छ।’

सबै राजनैतिक दल प्रतिनिधिका आँखाबाट ओझेल नपर्ने गरी मतपेटिकाहरु राखिने छ। निर्वाचन अधिकृतहरु र राजनैतिक दलहरुको सहकार्यमा सुरक्षित र उपर्युक्त स्थानको निर्धारण गरेर मतपेटिका राखिने छ। यसको नेतृत्व भने सम्बन्धित मुख्य निर्वाचन अधिकृत र अधिकृतहरुले गर्नेछन।





error: Content is protected !!