त्रिपुराकोटमा नमुना मतदान सम्पन्न,शतप्रतिसत मत सदर !

दुनै(डोल्पा) ६ मंसिर
डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका १ अन्तर्गत कोटबगरमा आसन्न प्रदेश र प्रतिनिधि सभाको अन्र्तक्रिया सहितको नमुना मतदान सम्पन्न भएको छ ।
जिल्ला निर्वाचन कार्यालय डोल्पाको आयोजनामा भएको नमुना मतदान कार्यक्रममा २६ जना मतदाताहरुले नमुना मतदान कार्यमा सहभागिता जनाएका थिए ।
मतदाता शिक्षाको प्रभावकारिता र मतदान गर्ने तरिका बारे मतदाताहरुले जानकारी गराउने उद्देश्यले भएको मतदान कार्य शतप्रतिसत सफल भएको निर्वाचन अधिकारी बिक्रम गिरीले जानकारी दिनुभयो ।
१३ महिला र १३ पुरुप गरि २६ जना मतदातहरु मतदान कार्यमा सहभागि भएका थिए ।
भौगालिक बिकटता र दुर्गमताका कारण ढिलो गरि शुरु भएको मतदाता शिक्षा नमुनाको रुपमा गरिएको नमुना मतदान कार्यक्रममा भएको शतप्रतिसत सफलताले मतदाता शिक्षा प्रभावकारी रुपमा संञ्चालन भएको सन्देश जाने र यसले मंसिर १० को निर्वाचनमा हुने मतदान कार्यमा मत बदर हुने मतदाताको सङ्ख्या घट्दै जाने आशा लिएको निर्वाचन अधिकारीले बताउनुभयो ।
जिल्लामै नमुनाको हिसाबमा गरिएको नमुना मतदानमा शतप्रतिसत सदर भएकाले वडा नं १ मा घरघरमा मतदाता शिक्षा दिन खटिनुभएकी लक्ष्मी कुमारी थापाले गरेको कामको समेत प्रशंसा गरिएको थियो ।
विहिवार सदरमुकाम दुनै पनि नुमुना मतदान कार्यक्रम रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
रामचन्द्र न्यौपाने










