तरुण दलका जिल्ला सदस्यसहित ८2 जना वाम गठबन्धनमा प्रवेश

जाजरकोट – यहाँका विभिन्न ठाउँमा वाम गठबन्धनको संयुक्त चुनावी आमसभामा नेपाली काँग्रेसको भातृ संगठन तरुण दलका जिल्ला सदस्य र राष्ट्रिय जनमोर्चाका जिल्ला कोषाध्यक्षसहित ८२ जनाले वाम गठबन्धनमा प्रवेश गरेका छन् ।
हिजो सोमबार कुशें गाउँपालिका ४ मा भएको चुनावी आमसभामा झण्डै ८२ जनाले वाम गठबन्धनमा प्रवेश गरेको नेकपा एमालेका जिल्ला सदस्य तप्तबहादुर हमालले जानकारी दिए । जसअनुसार तिलु जैसी, उदिम जैसी, मक्कर नेपाली, रामबहादुर जैसी, कल्कली कामी, प्रेमबहादुर नेपाली, कल्चु कामी, महेन्द्र शाही, भबीराम जैसी, राजेन्द्र हमाल, देउसरा जैसी, नरेन्द्र जैसी, समलाल जैसी, जसीराम जैसी, जनक केसी, कालीप्रसाद जैसी, कुशें गाउँपालिका २ का निर्वाचित सदस्य कमलराज हमाल र तरुण दलका जिल्ला सदस्य महेन्द्र जैसीले प्रवेश गरेका छन् । त्यस्तै कुशे ४ वाट नेपाली कांगे्रसका वडा कमिटीका सदस्यहरु हरीलाल शाही,देविसरा शाही,जानुका शाही,टोपवहादुर शाही,लिला शाही,गोन्दि शाही, डिल्ली शाही, नरवती शाही , भीम शाही , कलधर शाही, माया शाही, गंग शाही, लक्ष्मी शाही, खिम शाही, जानुका शाही ले वामगठवन्धमा प्रवेश गरेका छन् ।
त्यस्तै जुनीचाँदे गाउँपालिका २ जनमोर्चाका जिल्ला कोषाध्यक्ष रामबहादुर शाही सहित ४९ जना नेता तथा कार्यकर्ताले वाम गठबन्धमा प्रवेश गरेको उक्त गाउँपालिका वडा नम्बर २ का अध्यक्ष रामबहादुर नेपालीलले बताए ।










