राजिब शाहसँग मेरो प्रतिस्पर्धा नै हुँदैन, एकीकृत जाजरकोटी ताकतको नेतृत्व वाम गठबन्धनको अगुवाइमा हुँदैछ . पूर्वगृहमन्त्री बस्नेत

प्रतिनिधीसभाको निर्वाचनको मिति नजिकै आइरहेको छ । यही मंसिर १० मा पहिलो चरणको निर्वाचन हुदैछ । जाजरकोटमा यतिवेला वाम र लोकतान्त्रिक दुवै गठबन्धनका उम्मेदवारहरु गाउ–गाउमा भोट माग्न प्रचारमा जुटेका छन् ।

राजिब शाहसँग मेरो प्रतिस्पर्धा नै हुँदैन, एकीकृत जाजरकोटी ताकतको नेतृत्व वाम गठबन्धनको अगुवाइमा हुँदैछ : पूर्वगृहमन्त्री बस्नेत

बाम गठवन्धनको तर्फबाट पुर्व गृहमन्त्री शक्ति बहादुर वस्नेत र लोकतान्त्रिक गठवन्धनको तर्फबाट कांग्रेस नेता राजिव शाह चुनावी मैदानमा छन् । उनीहरु दुवै जनाले जनताको घरदैलोमै पुगेर आ –आफ्ना प्रतिवद्धताहरु सुनाउदै मतदाता फकाई रहेका छन् । बाम गठवन्धनका उम्मेदवार वस्नेत कांग्रेस नेता शाहभन्दा निकै बलिया देखिएका छन् ।

स्थानिय निकायको चुनावमा खसेको भोटको आधारमा पनि बस्नेत शाहभन्दा १८ हजार मतअन्तरले अघि छन् । बाम गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका माओवादीका प्रभावशाली नेता तथा पुर्व गृहमन्त्री शक्ति बहादुर बस्नेतसंग गरिएको कुराकानिको छोटो अंश यहा प्रस्तुत गरेका छौ –

चुनाबी अभियानको क्रममा जनताको बिचमा हुनुहुन्छ । यसपटकको निर्वाचनमा जनताले तपाईलाई जिताउनेमा कत्तिको बिश्वस्त हुनुहुन्छ रु

–पहिलो कुरा म जनताको बिचबाट यहांसम्म आइपुगेको छु, म आफुलाई जनताभन्दा अलग रहेको र भएको कहिले पनि ठान्दिन । जनताले दिएको आदेश अनुसार राजनीतिक जिम्मेवारी मात्र थपिए होलान त्यो जिम्मेवारीले मलाइ राजनीतिक तथा समाजिक कामका लागि ब्यक्तिगत रुपमा थप उर्जा्शिल र क्रियाशिल बन्न प्रेरित गरेको छ ।

जहासम्म जनतासंग बिश्वस्त भन्ने सवालमा मलाई जाजरकोटबासी आमा बुवा, दाजुभाई र दिदीबहिनीहरुको माया ममता र आर्शिबाद हिजो पनि थियो र आज पनि छ, यहि भरोसा र बिश्वासले नै मैले संबिधानसासभा सदस्य र मन्त्रि बन्ने अबसर पाए ।

त्यो अबसर केवल मैले मेरो ब्यक्तिगत अबसर ठानिन त्यो सबै जाजरकोटबासीको अबसर थियो । यो निर्बाचनबाट पनि जाजरकोटले अर्को एउटा ऐतिहासिक अबसर प्राप्त गर्दैछ । सदियौं देखिको रोग, भोग, गरिबी, बेरोजगारी र असुबिधाको अन्त्य गर्ने त्यो एकिकृत जाजरकोटी ताकतको नेतृत्व बाम गठबन्धनको अगुवाइमा हुदैछ यसमा म पूर्ण रुपमा बिश्वस्त छु ।

जनताले तपाइलाई बिश्वास गर्ने आधारहरु के हुन रु
–पहिलो त माओबदीको नेतृत्वमा भएको जनयुद्धका माध्यमवाट जाजरकोट जस्तो विकट जिल्लाका जनताको सामाजिक आर्थिक एवम राजनैतिक अधिकार प्राप्तीका लागि मैले गरेको संघर्ष प्रति सबै जनताहरु जानकार नै हुनुहुन्छ ।

अर्को जिल्लालाई विकासको मुल प्रवाहमा ल्याउन र जनतालाई गणतन्त्रको वास्तविक अनुभुति दिलाउनका लागि मैले विगत देखि नै गरेको पहल कदमीलाई जनताले फेरी पनि यो चुनावका माध्यमवाट अनुमोदन गर्ने छन् ।

राष्ट्रिय महत्वका नलसिंहगाड जलविद्युत आयोजनाको निर्माण र चिन र भारतलाइ जोड्ने उत्तरदक्षिण भेरी करीडोरको निर्माण मेरा भौतिक विकासका पहिलो प्राथकिता हुन । त्यसै गरि जाजरकोटको पानी, खनिज, जडीबुटिको र संभाब्य कृषि उत्पादनलाइ जाजरकोटमा रोजगारीको प्रमुख श्रोतको रुपमा व्यवस्थापन र परिचालन गर्ने मेरो अर्को एजेन्डा हो ।

यो संगै जाजरकोटलाई राष्ट्रिय राजनितीको मुल प्रवाहमा जोडेर राजनीतिक स्थायित्व र आर्थिक सम्बृद्धिको नयां गारेटो कोर्दै सम्भावनाहरुलाई जाजरकोटी जनताको सम्वृद्धिका लागि प्रयोग गरेर समग्र जिल्लाको पहिचान र परिचय परिवर्तन गर्ने कामको अगुवाइ मेरो नेतृत्वमा हुन्छ ।

तपाई राष्ट्रिय राजनीतिक भूमिकामा रहनु भएको ब्यक्तिको प्रतिस्पर्धा समाज सेवामा चर्तित नेपाली कांग्रेसका राजिबबिक्रम शाहसंग छ अलि सकस परेको छैन रु

हाहाहा।।।।। देश बनाउने र चलाउने राजनीतिक बिचार र दृष्टिकोणका आधारमा हो यस्तो बिचार दृष्टिकोण नभएकाहरुले नै राजनीतिक गर्न अन्य उपायाहरुको अबलम्बन गर्ने हो । तत्काललाई लाभदायक भए पनि दीर्घकालीन रुपमा यस्तो चुनाबी अभ्यासले नत जिल्लाको भबिश्य बन्छ नत स्वयम राजनीतिक गर्ने पात्रको नै राजनीतिक भबिष्य सुरक्षित हुन्छ रु यसर्थ मेरो उहांसंग कुनै प्रतिस्पर्धा नै छैन ।

तपाई दोस्रो पटक चुनाबी प्रतिस्पर्धामा हुनुहुन्छ । पहिलो र अहिलेकोमा मतादाताको मनोबिज्ञानमा के फरक पाउनुभयोे रु

– समय निरन्तर गतिशिल छ । समय क्रममा मानवीय रुचि र चाहानाहरु पनि बदलिने गर्दछन त्यसको प्रभाबबाट जाजरकोटको मनोबिज्ञानलाई अलग गर्न सकिन्न तर ठुलो अन्तर छैन । जेनेरेशन ग्यापका आधारमा केही कुरा फरक देखिएका छन ।

युवा पिडिमा बिशेषगरी रोजगारीको अबसर सिर्जना, जीवन उपयोगि शिक्षा नीतिको तर्जुमा प्रति चासो बढेको छ यो स्वभाबिक हो । तर प्रौढहरुका भने राजनीतिक स्थायित्व, शान्ति सुरक्षा र सामाजिक कल्यानका कार्यक्रम प्रति अभिरुचि देखिन्छ जुन बाम गठबन्धनको घोषणा पत्रले पनि बोलेको छ ।

अन्तिममा, कांग्रेसको तपाईहरुलाई बामगठवन्धनबाट देशमा अधिनायबाद जन्मने खतरा भन्ने आरोप छ । यसबारेमा के भन्नुहुन्छ ?

– यो चुनाबी प्रतिस्पर्धाबाट मानसिक रुपले त्रसित र आतंकित भएकाहरुको निष्कर्ष र छटपटाहट हो । अधिनायकबाद बामगठबन्धनको गर्भबाट होईन बरु कांग्रेसको शासनशैलीबाट जन्मने खतरा देखियो । देख्नु भएन चुनाबको आंचार सहिता लागु भएको बेला काम चलाउ सरकारले धमाधम राजनीतिक नियुक्ति, मन्त्रिपरिषदमा हेरफेर ।

अधिनायकबाट राजनीतिक बिचार र दर्शन अनि शासकिय शैलीबाट जन्मने हो । बामगठबन्धनमा रहेको दलहरुको न त्यस्तै राजनीतिक बिचार र दर्शन हो न सरकार संचालन गर्दा नै त्यो खालको रबैया प्रदर्शन भएको थियो । यसर्थ यस्ता बिना तुकका हल्लाको बारेमा धेरै समय खर्च गर्नु जरुरी नै छैन





error: Content is protected !!