उपल्लो डोल्पाका मतदान केन्द्रको गन्तव्य तय गर्दै कर्मचारी, जिल्लाभर ४ सय तीस कर्मचारी परिचालन

दुनै(डोल्पा) ५ मंसिर
आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा डोल्पामा भने निर्वाचन सम्बन्धि सम्पुर्ण ब्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।
निर्वाचनमा खटिने कर्मचारी,सुरक्षाकर्मी,संञ्चारकर्मी लगाएतका सरोकारवाला पक्षहरुलाई तालीम दिनेकाम सम्पन्नहुनुका साथै कर्मचारीह,सुरक्षाकर्मीहरु सम्बन्धित मतदान केन्द्रततर्फ धमाधम हिँड्न थालीसकेको जिल्ला निर्वाचन कार्यालयका जानकारी दिएको छ ।
मतदाता शिक्षाका लागि समेत स्यमं सेवकहरु समेत गाँउ गाँउमा पुगेर मतदाता शिक्षा दिईरहेको कार्यालयले जनाएको छ ।
“जिल्लाको उत्तरी क्षेत्रमा रहेको विभिन्न मतदान केन्द्रहरुमा खटिएका कर्मचारीहरुलाई मतपेटीका,मतपत्र,मतदाता परिचय पत्र लगाएतका निर्वाचन सामाग्री वितरण गर्ने काम भईरहेको छ,डोल्पाको उपल्लो क्षेत्रमा खटिएका कर्मचारीहरु धमाधम हिँड्न सुरु गरेका छन्” जिल्ला निर्वाचन अधिकारी बिक्रम गिरीले भन्नुभयो ।
उपल्लो डोल्पाका केही मतदान केन्द्रहरुमा खटिएका कर्मचारी मंगलवार विहानै सामाग्री सहित हिँडीसकेको समेत गिरीले जानकारी दिनुभयो ।
सदरमुकाम देखि पाँच–छ दिन लाग्ने तिन्जे,मुकोट,साल्दाङ,छार्का,धो लगाएतका साविकका गाविसमा पर्ने मतदान केन्द्रहरुमा खटिएका कर्मचारीहरुलाई भने सेनाको हेलिकोप्टरबाट लैजाने ब्यवस्था गरिएको बताईएको छ ।
तल्लो डोल्पाका मतदान केन्द्रकालागि पनि मतदान अधिकृत,सहायक मतदान अधिकृत,सुरक्षाकर्मी लगाएतका कर्मचारीहरु हिँड्ने तयारीमा रहेको उहाँको भनाई छ ।
आसन्न निवार्चनकालागि जिल्लाभरका ६६ मतदान केन्द्रकालागि ४ सय तीस कर्मचारी खटाईएको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
डोल्पामा आसन्न निर्वाचनकालागि १८ हजार नौ सय ८९ मतदाता रहेका छन् ।

रामचन्द्र न्यौपाने





error: Content is protected !!